चितवनमा छ महिनामा ७ वटा गैंडाको मृत्यु

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ६ महिनाको अवधिमा सातवटा गैंडाको मृत्यु भएको छ । यो आर्थिक वर्षको ६ महिना सकिँदै गर्दा यस्तो तथ्यांक सार्वजनिक भएको हो । निकुञ्जको गस्ती टोलीले आइतबार बिहान निकुञ्जको पश्चिम क्षेत्रमा एउटा पोथी गैंडा मृत भेटेको थियो । चितवन निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले […]