काठमाडौं : राष्ट्रिय जनमोर्चाले आसन्न स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। बुधबार बुटवलमा एक कार्यक्रम गरी अध्यक्ष चित्रबहादुर केसीले चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन्।घोषणापत्रमा भनिएको छ, ‘२०७४ मा भएको स्थानीय तहको निर्वाचनले संविधानको कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका खेलेको थियो तर आसन्न स्थानीय निर्वाचन विषम राजनीतिक परिस्थितिमा हुन गइरहेको छ। २०६२/०६३ सालको जनआन्दोलनका उपलब्धि तथा संविधान खतरामा परेको छ।’निर्वाचनको माध्यमबाट बहुमत ल्याएर देशमा प्रति