यी दुवै शब्द गणतन्त्र र प्रजातन्त्रको अन्तमा तन्त्र छ जसको अर्थ शासन हो। प्रजातन्त्र अथवा लोकतन्त्रमा बहुमतको शासन हुन्छ तर गणतन्त्र अर्थात् रिपब्लिकको सारभूत अर्थ शासन होइन स्वतन्त्रता हो।एक्लैले शासन गर्दा एउटा मात्र तानाशाही हुन सक्छ तर बहुमतको भोट लिएर पनि एकजना मात्र तानाशाही वा केही व्यक्ति तानाशाही भएको देखिन्छ। यसैकारणले अहिले विश्वका २०६ देशमध्ये १५९ ले आफ्नो देशको नामको अगाडि कुनै न कुनै रुपमा गणतान्त्रिक लेखेको पाइन्छ।जनसर्वोच्चताको कसिमा प्रजातन्त्रभन्दा गणतन्त्र बढी आधुनिक र जिम्मेव