काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपसभापति डा. स्वर्णिम वाग्लेको टोलीले मंगलबार प्रधानमन्त्री पुष्पकलम दाहाललाई भेटेर १६ पृष्ठ लामो सहकारीसम्बन्धी प्रतिवेदन बुझाएको छ । प्रतिवेदन डा. वाग्लेको नेतृत्वमा पार्टीको अर्थनीति विभागले तयार पारेको हो । प्रतिवेदनमा सहकारीमा देखिएका समस्या र तिनका कारणहरु पहिल्याइएको छ । साथै समाधानका उपायबारे पनि चर्चा गरिएको छ । […]