भान्सा सफा राख्ने उपाय

घरको भान्सा मानिसका लागि सबैभन्दामहत्वपूर्ण स्थल हो । यहाँबाट विभिन्न संक्रमण फैलन सक्ने जोखिम भएकाले नियमित रूपमा यसको सफाइ गर्न जरुरी छ । भान्सा सफा गर्नका लागि तपाईंले केही घरेलु उपाय पनि...

सम्बन्धित सामग्री

भान्सा सफा राख्ने उपाय

- अस्वस्थकर खानाका माध्यमबाट हाम्रो शरीरमा विभिन्न कीटाणु प्रवेश गर्छन् र झाडापखाला, टाइफाइड, हैजाजस्ता रोग लाग्ने गर्छ । त्यसैले भान्सा सफा राख्न अनिवार्य छ ।  - भान्सामा रहेको दराज वा र्‍याकको नियमित सफाइ...

भान्सा सफा राख्ने घरेलु विधि

- अस्वस्थकर खानपानले मानिसलाई विभिन्न रोगबाट संक्रमित गराउँछ । खाना स्वस्थ हुनका लागि घरको किचेनको सफाइ महत्वपूर्ण छ । भान्सा सफा गर्नका लागि तपाईंले केही घरेलु उपाय पनि प्रयोग गर्न सक्नुहुन्छ ।  - बेकिङ...

यसरी बनाउनुस् घर र बगैंचालाई कीटपतंगरहित

चैत ४, काठमाडौं । वसन्त ऋतु आगमनसंगै गर्मी बढ्दो छ । मौसम परिवर्तनसँगै घरभित्र र बाहिरी वातावरणमा पनि विभिन्न प्रभाव पर्छन् । खासगरी गर्मी मौसममा कीराको बिगबिगी बढ्ने गर्दछ । घरका कोठामा भान्सादेखि बाथरुम र ध्यान नपुग्ने कुनादेखि सिलिङजस्ता ठाउँमा समेत विभिन्न थरी कीरा बास बसेर दु:ख दिने गर्छन् । घर बाहिर बगैंचा, करेसा बारी, पार्किङ आदि ठाउँमा पनि ढुसी, खुम्ले कीरा, पुतली आदि कीरा–फट्यांग्राले सताउँछन् ।  घरका विभिन्न भागमा यस्ता कीटपतंगले डेरा जमाउनाले घरलाई फोहोर र कुरूप बनाउनुका साथै हामीले खाने खाना, पिउने पानी र प्रयोगमा आउने अन्य सामग्रीको संसर्गमा पुग्नाले तिनलाई प्रदूषित बनाई विभिन्न रोग भित्र्याउने खतरा रहन्छ । घरमा साना बालबच्चा छन् भने उनीहरू सजिलै तिनको सम्पर्कमा पुग्न सक्ने र तिनको स्वास्थ्य वयस्कको भन्दा संवेदनशील हुने हुदाँ घरमा कीटपतंगको उपस्थितिलाई रोक्नु झनै जरुरी छ ।  विशेषत: गर्मीयाममा कीटपतंगले बढी सताउने भए पनि तिनको प्रकृतिअनुसार जुनसुकै मौसममा उपस्थिति जनाउन सक्छन् । कीटपतंग नियन्त्रणका लागि बजारमा विभिन्न थरी केमिकलयुक्त विषादी तथा व्यावसायिक नियन्त्रक पनि पाइन्छ । तर, विषादी तथा केमिकलको प्रयोगले ती तत्व लामो समय रहन गई मानिसको स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने हुँदा त्यस्ता कीराको प्रभावकारी नियन्त्रण कसरी गर्ने भन्ने घरायसी वा केमिकलरहित तरिकाबारे चर्चा गर्दैै छौं । प्राकृतिक र कम हानिकारक उपाय भएसम्म कृत्रिम विषादी प्रयोग नगर्नु वातावरणीय र स्वास्थ्यको दृष्टिले बढी बुद्धिमानी हुन्छ ।  घरको नियमित सरसफाइ गर्नु घरको नियमित सरसफाइ सबैले गर्छौं, गरिरहेका हुन्छौं । गर्मी तथा बर्खाको समय सरसफाइमा अझ विशेष ध्यान दिनु जरुरी छ । हत्तपत्त ध्यान नपुग्ने कुना, भान्सा तथा बाथरुमको सिंकको तलको भाग तथा कमोड वरिपरि, खाली रहेको खोपा, फ्रिज तथा वासिङ मेसिनजस्ता ठूला सामानको पछाडि आदि ठाउँमा पनि नियमित सरसफाइ गर्नाले ती ठाउँमा कीटपतंग बस्न सक्दैनन् ।  पानी जम्न नदिने  घरको छतको लेबल नमिलेर पानी जम्ने स्थान, कुनै भाँडामा खुलै रहन गएको पानी, बाथरुम वा घर बाहिर वर्षापछि खाल्डाखुल्डीमा जम्ने पानी आदिलाई तत्कालै हटाएर सुक्खा राख्ने गर्नुपर्दछ । फोहोर र जमेको पानी धेरै थरी कीराका लागि बस्ने उपयुक्त ठाउँ हुन् ।  खाद्यवस्तुको उचित भण्डारण सागसब्जी र फलफूललाई लामो समय खुल्ला राख्नाले कीटपतंग आकर्षित हुने गर्छन् । त्यसैले सागसब्जी र फलफूललाई उपयुक्त भाँडामा छोपेर राख्ने गर्नुपर्छ । अन्य खाद्य पदार्थलाई पनि सही ठाउँमा भण्डार गर्नुपर्छ । भण्डारण गर्दा कुनै पनि सामग्री खुला राख्नुहुँदैन । घरभित्र आवश्यक नहुने सामग्री बाहिरै राख्ने व्यवस्था गनुपर्छ ।  फोहोरको उचित व्यवस्थापन  घरमा उब्जिने फोहोर संकलनका लागि निश्चित ठाउँ तय गर्नु जरुरी हुन्छ । फोहोरलाई नियमित विसर्जन गर्नु पनि त्यत्तिकै आवश्यक हुन्छ । फोहोर लामो समय रहन गए त्यहाँ कीरा हुर्किन थाल्छन् भने बाहिरबाट पनि कीटपतंग आउन थाल्छन् ।  बगैंचाको हेरचाह  घर कम्पाउन्डमा सागसब्जी, फलफूलको बगैंचा वा गमला छन् भने नियमित र एक–एक गरी सरसफाइ र हेरचाह गर्नुपर्छ । नियमित हेरचाह गरिएको बगैंचामा पुतली, खुम्ले कीरा आदि जीवले सताउने डर कम हुन्छ ।  जैविक कीटनाशकको प्रयोग  कीटपतंग निरुत्साहित गर्न गरिएका उपायका बाबजुद पनि कीराफट्यांग्राले सताउन थाले बजारमा पाइने केमिकलयुक्त विषादीको विकल्पमा पाइने प्राकृतिक कीटनाशक खरिद गर्न सकिन्छ । कृषि सामग्री, बिउबिजन पाइने पसलमा निमको तेल पाइन्छ । त्यसलाई प्राकृतिक रूपमै कीटाणु नाशकको रूपमा लिइन्छ । त्यसमा उचित मात्रामा पानी मिलाएर बगैंचा वा घरको अन्य स्थानमा छर्किनाले कीटपतंग नियन्त्रणमा ठूलो सहयोग गर्दछ । त्यस्तै, बगैंचा वा गमलामा अन्य बोटबिरुवाको साथमा तुलसी, लेमनग्रास, तितेपाती, बाबरी आदि पनि रोप्न सकिन्छ । लेमनग्रासको नजिक लामखुट्टे आउँदैन भने बाबरी, तुलसी पनि कीटपतंगमैत्री वनस्पति होइनन् ।

यसरी गर्न सकिन्छ घरमा सस्तो लागतमा फर्निचर व्यवस्थापन

रुपेश प्रधान काठमाडौं । पहिले घर निर्माण र त्यसपछिको काम घरको इन्टेरियर डिजाइनका लागि फर्निचर व्यवस्थापन गर्नु हो । घरलाई सुन्दर बनाउन फर्निचरले पनि भूमिका खेलेको हुन्छ । घर तयार भएपछि फर्निचर व्यवस्थापन गर्नु उत्तिकै महत्व भए पनि लागत अभावले कतिपयले फर्निचरमा भने सम्झौता गर्ने गरेको पाइन्छ । तर, सकभर कुनै पनि सर्तमा घरमा आवश्यक फर्निचर व्यवस्थापनमा सम्झौता गर्नु राम्रो नहुने यस क्षेत्रका जानकार सुझाउँछन् । पछिल्लो समय बजारमा नयाँ र महँगा डिजाइनका फर्निचर उपभोक्तालाई छानीछानी खरिद गर्ने सुविधा छ । देखासिखीमा घरको साजसज्जाका लागि इन्टेरियर डिजाइनमा नचाहिने सामान पनि थोपर्ने गरेको पाइन्छ । घर सजाउन कस्तो फर्निचर छान्ने भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । डिजाइनले पनि कस्ता सामान उक्त घरका लागि आवश्यक हुन्छ भन्ने निर्धारण गर्न सहज हुन्छ । अहिलेको समय सस्तो, राम्रो र बलियो तीन वटै गुणसम्पन्न वस्तु पाउनु कठिन भएको फर्निचर क्षेत्रमा लामो समय काम गरेकाहरू बताउँछन् । त्यसका लागि सुरुमै केही विषयमा ध्यान दिँदा राम्रा सामानमा बढी बजेट आवश्यक नपर्ने हुन सक्छ । किफायती मूल्यमा फर्निचर खरिद गरेर पनि घरलाई सजाउन सकिन्छ । बजारमा धेरै थरीका सामान पाइन्छन् । सस्तो र राम्रो तरिकाले फर्निचर व्यवस्थापनका लागि बजारको अध्ययन हुनु आवश्यक हुन्छ । सुरुमा आफ्नो बजेट कति छ, त्योअनुसार डिजाइन गरेर घर बन्नुभन्दा पहिले नै आवश्यक सामानको अर्डर दिनु र फर्निचरको राम्रो ज्ञान भएका व्यक्तिबाट सुझाव लिएर डिजाइनमा केही फेरबदल गर्नु राम्रो हो । पहिले नै यसमा ध्यान दिन किन आवश्यक छ भने जहिले पनि तयारी सामान लिँदा केही महँगो पर्ने हुन्छ । घर बनिसकेपछि सामान खरिद गर्नुभन्दा पहिले नै योजना बनाउँदा कम लागत पर्न सक्छ । उस्तै गुणस्तरको एउटै सामान हजारदेखि लिएर दसौँ हजारसम्म पर्न सक्ने भएकाले घरको डिजाइनले पनि लागतमा फरक पार्दछ । त्यस कारण आफ्नो बजेट कस्तो छ र घरको डिजाइन कुन तरिकाले भइरहेको छ, त्यस्तो फर्निचरलाई प्राथमिकता दिनु राम्रो हुन्छ । कोठामा फर्निचर सजाउन रङले पनि फरक पार्छ, त्यसैले रङ छनोटमा पनि उत्तिकै ध्यान दिनुस् । डिजाइनअनुसार नै घरको गेटदेखि, भान्सा, बाथरुम, बेडरुम, पाहुना कोठाका लागि सही सामग्री छनोटका लागि आफूलाई मन परेको डिजाइन भएका छिमेकी, फर्निचर विज्ञ र यसमा काम गरिरहेकासँग सुझाव लिनुहोस् । केही वर्षअघिसम्म झ्याल, ढोका, दराज, कुर्सी, टेबलदेखि घरमा आवश्यक प्रायः फर्निचर काठले बनेका हुन्थे । तर, बदलिँदो अवस्था र परिवेशले काठको स्थान भने वैकल्पिक सामग्रीले ओगटिसकेका छन् । लागत घटाउने अर्को उपाय भनेको काठको विकल्प खोज्नु हो । यद्यपि, सकेसम्म काठ नै प्रयोग गर्नु राम्रो हो । पछिल्लो समय काठ महँगो हुँदै गएकाले अभाव देखिन थालेको छ । काठ नै प्रयोग गर्न तपाईंसँग एउटा राम्रो विकल्प के हुन सक्छ भने घर लामो समयको योजनासहित बनाइने भएकाले १० वर्षपछि घर बनाउने सोचमा हुनुहुन्छ भने अहिले नै खाली जग्गामा रूख रोप्नुहोस् । यसले घर बनाउँदा काठको अभाव बेहोर्नुपर्दैन । पछिल्लो समय काठको ठाउँमा नयाँ–नयाँ विकल्प देखापरेका छन् । हेम्प, स्टिल, बाँस, युपीभीएस, प्लास्टिकलगायतको प्रयोगबाट बनेका फर्निचर पनि उत्तिकै उपयोगी विकल्प हुन सक्छन् । त्यसैले यस्ता किसिमका सामानको सही ढंगले प्रयोग गरे पछुताउनुपर्ने हुँदैन । तर, घरको डिजाइनअनुसार यस्ता कुन सामग्री, कहाँ प्रयोग गर्ने हो, यसले फरक पार्न सक्छ । त्यस कारण यी सामानको प्रयोग गरिरहँदा विज्ञको सुझाव लिनु अझ बढी लाभप्रद हुन सक्छ । यसरी सामान्य कुरामा ध्यान दिने हो भने तपाईंले फर्निचर व्यवस्थापनमा धेरै हदसम्म लागत घटाउन सक्नुहुन्छ । (प्रधान नेपाल फर्निचर तथा फर्निसिङ संघका निवर्तमान अध्यक्ष हुन् )