काठमाडौं । जब देशमा न्याय मर्छ, जनताको आशा भरोसा सकिन्छ । न्यायका संवाहक कानून व्यवसायीहरुको प्रतिनिधिमूलक संस्था नेपालबार एशोसिएसनले स्थापना दिवस मनाइरहँदा कार्यपालिका र न्यायपालिका द्वन्द्व चर्काउन बार पदाधिकारीले इन्धनको काम गरेको विश्लेषण गर्नेहरुको ठूलो जमात छ । नयाँ जनप्रतिनिधिले सपथ लिएकै दिन राजनीतिक मुद्दाको निरुपण अदालतमा खोज्ने गल्ती सच्याउने प्रण गर्नु वाञ्छनीय देखिन्छ । […]