हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र पशुपतिनाथको मन्दिर भक्तजनहरूका लागि खुला गरिएको छ । कोरोना भाइरस महामारीको जोखिमका कारण ४ महिनादेखि बन्द रहेको पशुपतिनाथको मन्दिर आज (शुक्रबार) बिहान ६ बजेबाट भक्तजनहरूका लागि खुला गरिएको हो । पशुपतिनाथको मुख्य मन्दिर खुलेपछि पाशुपत क्षेत्रमा रहेका गुह्वेश्वरीलगायतका मन्दिरहरू पनि खुला भएका छन ।मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरूले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने र एकपटकमा २५ जना भक्तालुहरुलाई मात्रै मन्दिर प्रवेश गराइ