जटिल नीतिले अर्बौंको काठ आयात गर्नुपर्ने बाध्यता

काठमाडौं, माघ २३ ।  नेपालमा वर्षेनि ठूलो परिमाणमा काठ तथा काठजन्य सामग्री विदेशबाट आयात हुने गरेको सरकारी तथ्यांकले देखाएको छ । आर्थिक वर्ष (आव) २०७७/७८ मा १५ अर्ब १८ करोडको काठ तथा काठजन्य वस्तु नेपालमा आयात गरिएको थियो । गत आव २०७८/७९ मा यो रकम बढेर १७ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । उक्त […]

सम्बन्धित सामग्री

‘वनका काठ कुहिन्छन्, विदेशबाट अर्वौंको आयात’

नेपाल सरकारको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८-०७९ मा मात्रै देशमा करिब १८ अर्वको काठ आयात भएको छ । एक वर्षमा १७ अर्ब ८२ करोडको काठ र फर्निचर आयात भएको हो । नेपालमा रहेको वनबाट भने जम्मा २ करोड १२ लाखको मात्रै काठ उत्पादन भएको देखिन्छ । नेपालबाट ७१ करोड ८४ लाखको काठ निर्यात भएको रिपोर्ट छ । नेपालमा भएका वनका काठ कुहिएर जाने र विदेशबाट आयात गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्नुपर्ने सामुदायिक वन उपभोक्ता महासंघकै पदाधिकारीहरु बताउँछन् । पोखरामा एक कार्यक्रम आयोजना गरी उनीहरुले वनको दिगो विकाससं

एक वर्षमा काठ आयात दुईतिहाइ घटाउने दाबी

सरकारले १ वर्षमा काठ आयात दुईतिहाइले कम गर्ने लक्ष्य लिएको छ । वन व्यवस्थापन गरेर आयातीत काठको परिमाण घटाउने योजना सरकारले ल्याएको हो ।वन विभागको तथ्यांकअनुसार वार्षिक रुपमा करिब ७ लाख क्युफिट गोलिया तथा चिरान काठ आयात हुँदै आएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघका अनुसार वर्षेनि झण्डै ६० अर्ब रुपैयाँबराबरको फर्निचरजन्य उत्पादनको कारोबार […]

वन व्यवस्थापन गरेर काठ आयात रोक्नेछौं

नेपालको भू–भागको करिब ४५ प्रतिशतभन्दा बढी वन क्षेत्रले ढाकेको छ । अधिकांश भू–भाग वन क्षेत्रले ओगटे पनि करोडौं मूल्यका काठ विदेशबाट आयात भइरहेको तीतो यथार्थ हाम्रोसामु यथावत् नै छ । नीति निर्मता तथा उच्च ओहदाका सरकारी प्रतिनिधिहरू संरक्षणमुखी वन व्यवस्थापनको नारामा अल्झिरहे । न कि व्यवसायमुखी वन व्यवस्थापनका एजेन्डा अगाडि सारेर कार्यान्वयन गरे । वन […]

काठ आयात निरुत्साहित गर्ने प्रतिबद्धता

वन तथा वातावरणमन्त्री प्रदीप यावदले नेपालको सबै वन क्षेत्रको दीगो व्यवस्थापन गरी काठको उत्पादनमा वृद्धि गरी नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाइने प्रतिबद्धता जनाएका छन् । मन्त्री यादवले काठबाटै मुलुकको अर्थतन्त्र वृद्धि गर्न स्वदेशी काठ आयातलाई निरुत्साहित गर्ने प्रतिबद्धता जनाएका हुन् ।“वनको दीगो व्यवस्थापन गरी काठको उत्पादनमा वृद्धि गरी नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाउने […]

वन व्यवस्थापनमा बेथितिः स्वदेशी काठ कुहिएर जान्छ, अर्बौंको आयात

काठमाडौं, साउन ६। गतवर्ष नेपालमा १ करोड क्युफिट काठ आयात भएको सरकारी तथ्यांक छ । विभिन्न मुलुकबाट उक्त परिमाणमा काठ आयात गर्न करीब ४ अर्ब रुपैयाँ विदेशिएको छ । नेपालले संयुक्त राज्य अमेरिकालगायत संसारका २० मुलुकबाट काठ आयात गर्छ । नेपाल वन पैदावार महासंघका अध्यक्ष मञ्जीलबाबु मास्केका अनुसार विदेशबाट आयात गरिएको काठको औसत मूल्य प्रतिक्युफिट […]

सांसद जैरुको प्रश्न :  नेपालजस्तो देशमा एक वर्षमा १० अर्बको काठ किन आयात भयो ?

सांसद निरादेवी जैरुले नेपाल जस्तो देशमा वार्षिक १०अर्बको काठ आयात गर्नुपर्ने अवस्था कसरी आयो भन्दै प्रश्न गरेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद जैरुले वन व्यवस्थापनमा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको बताइन् । उनले भनिन्–‘एक वर्षमा मात्र १० अर्बको काठ नेपाल आयात भएको छ ।  नेपाल जस्तो ठाउँमा पनि किन बाहिरबाट काठ ल्याउनुपर्ने अवस्था आयो रु बन व्यवस्थापन र जडिबुटी खेती तथा संरक्षणका लागि बजेट व्यवस्था किन गरिएन ?’उनले संस्कृति पर्यटन तथा नागरिक उड्डयन

स्वदेशी काठ उत्पादनमा कमी, विदेशी काठ आयात बढ्दो

काठमाडौं । नेपालमा चालू आर्थिक वर्षको आठ महीनामा एक करोड ४३ लाख घनफिट काठ उत्पादन भएको छ । नेपाल सरकारले शनिवार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणअनुसार चालू आवको गत फागुनसम्ममा सो परिमाणमा काठ उत्पादन भएको देखिएको हो । यसैगरी गत आवको सोही अवधिमा भने एक करोड ९४ लाख २४ हजार घनफिट गोलिया काठ उत्पादन भएको थियो । यसैगरी चालू आवको आठ महीनामा १० हजार ६७७ चट्टा दाउरा उत्पादन भएको छ भने गत आवको सोही अवधिमा १० हजार ५८२ चट्टा दाउरा उत्पादन भएको थियो । वन तथा वातावरण मन्त्रालयले वार्षिक दुई करोड घनफिट गोलिया काठ उत्पादन गर्ने लक्ष्य राखेको प्रवक्ता मेघनाथ काफ्लेले जानकारी दिए । यद्यपि बजारमा भने वार्षिक तीन करोड घनफिटभन्दा बढी काठको माग छ । नेपालमा वर्षेनि अर्बौं मूल्यका गोलिया काठ, काठजन्य सामग्री, विभिन्न किसिमका फर्निचर आयात हुने गरेको छ । मन्त्रालयले यसअघि वैज्ञानिक वन व्यवस्थापन विधिबाट मागअनुसारको काठ उत्पादन गर्ने र विदेशी काठको आयात कम गर्ने नीति लिएको थियो । तर सामुदायिक वन उपभोक्ता महासंघ नेपाललगायत संस्थाले शुरूदेखि नै वैज्ञानिक वन व्यवस्थापनको विरोध गरिरहेको सन्दर्भमा तत्कालीन वनमन्त्री प्रेमबहादुर आलेको कार्यकालमा वैज्ञानिक वन व्यवस्थापन विधि नै खारेज गरिएको थियो । नेपालमा साल, सिसौजस्ता कडा काठको मात्र बढी प्रयोग हुने गरेको र ‘कुकाठ’ भनिने नरम काठको उचित सदुपयोग हुन नसक्दा काठको माग र आपूर्तिमा सन्तुलन हुन नसकेको यस क्षेत्रका व्यवसायीको भनाइ छ । साथै नेपाली काठ विदेशी काठको तुलनामा निकै महँगो रहेको छ । नरम काठको सिजनिङ र ट्रिटमेन्ट गरी प्रयोग बढाउनुपर्ने र सरकारले पनि सो नीति प्रवर्द्धन गर्नुपर्ने आवश्यकता रहेको नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका पूर्वअध्यक्ष कपिलप्रसाद अधिकारीले बताए । नेपालमा वन क्षेत्रले ५९ लाख ६२ हेक्टर र अन्य झाडी तथा बुट्यान क्षेत्रले ६ लाख ४८ हजार हेक्टर भूभाग ओगटेको छ । कुल भूभागको ४० दशमलव ४ प्रतिशत वन र ४ दशमलव ४ प्रतिशत झाडी तथा बुट्यान क्षेत्र गरी कुल वन क्षेत्र ४४ दशमलव ८ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । नेपालको भू–धरातलीय आधारमा सबैभन्दा बढी वन क्षेत्र मध्यपहाडमा रहेको छ भने कम तराईमा छ । हालसम्म १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक शिकार आरक्ष र ६ संरक्षण क्षेत्र गरी २० संरक्षित क्षेत्र छन् । नेपालको कुल ३४ हजार ४२० वर्गकिमी अर्थात् २३ दशमलव ४ प्रतिशत भू–भाग संरक्षित क्षेत्रअन्तर्गत १ लाख ९२ हजार २७ दशमलव ४३ हेक्टर वन क्षेत्र व्यवस्थापन गरिएको तथ्यांक छ । रासस

निजी जग्गामा रोपिएको काठ ओसारपसार गर्न दिइने

काठमाडौँ । सरकारले निजी जग्गामा रोपिएको रुखका काठ कृषि वाली सरह ओसारपसार गर्न दिने भएको छ । विदेशी काठ आयात प्रतिस्थापन गर्न सहयोग पुग्ने गरी निजी जग्गामा रोपिएका काठको ओसारपसार गर्न कानुनी रूपमा सहज बनाइने भएको हो । आर्थिक वर्ष २०७९/०८० वर्ष बजेट पेस गर्दै अर्थ मन्त्री शर्माले निजी वनलाई प्रवर्द्धन र विकास गर्न प्रदेश […]

स्वदेशी काठ उत्पादनमा कमी, विदेशी काठ आयात बढ्दो

नेपालमा चालू आर्थिक वर्षको आठ महिनामा एक करोड ४३ लाख घनफिट काठ उत्पादन भएको छ। नेपाल सरकारले शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणअनुसार चालू आवको गत फागुनसम्म सो परिमाणमा काठ उत्पादन भएको देखिएको हो।...

वनको काठ डढेलोमा, आयात बढ्दै

अर्थमन्त्री जनार्दन शर्माले सोमबार विदेशबाट ठूलो परिमाणमा काठ आयात हुने गरेको भन्दै नेपालकै वनमा रहेको काठको उपयोग गरी आयात रोक्ने कार्यक्रम ल्याउन सरोकारवालाहरुलाई सुझाव दिए । आगामी आर्थिक वर्षको बजेटबारे वन तथा वातावरण मन्त्रालयसँग छलफल गर्दै मन्त्री शर्माले यस्तो सुझाव दिएका हुन् ।“अबका दिनमा विदेशबाट काठ नल्याउने नीति बनाउनुप-यो । यसका लागि नेपालकै वनको काठ […]