काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा शिक्षा क्षेत्रमा विद्यार्थीले स्वयमसेवा गर्नुपर्ने अवधारणा अघि सारेको छ। सरकारले स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीले ३ महिना स्थानीय तहमा स्वयमसेवा गराउने धारणा राखेको छ।संघीय संसदको संयुक्त बैठकमा आइतबार आर्थिक वर्ष ०७९/८० का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्राविधिक विषयमा स्नातक र अन्य विषयका स्नातकोत्तर पढ्ने विद्यार्थीलाई ९० दिनसम्म स्वयमसेवा गराइने बताएका हुन्।उनले स्थानीय तहको योजना निर्मा