आफ्नै निर्णयसँग बाझिने गरी निर्वाचन आयोगले दियाे वित्त आयोगका सदस्यलाई विदेश भ्रमणको सहमति

निर्वाचन आयोगले आफ्नै निर्णयसँग बाझिने गरी राष्ट्रिय प्राकृतिक, स्रोत तथा वित्त आयोगका सदस्य अमर राज मिश्रलाई विदेश भ्रमण गर्न स्वीकृति दिएको छ ।

सम्बन्धित सामग्री

निर्वाचन आयोगले मेयर बालेन शाहलाई सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई स्पष्टीकरण सोधेको छ । हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेज समेतबाट प्रमुख शाहको समर्थन रहेको भनी गरेको प्रचारप्रसारबारे आयोगले स्पष्टीकरण सोधेको हो।देशको राजधानी शहर समेत रहेको महानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित भई कार्यभार सम्हालेको अवस्थामा उक्त दलसँग कुनै आवद्धता नै रहे भएको जस्तो गरी शाहको तस्बिर र नाम निरन्तर प्रयोग भइरहेको विषयमा आयोगले ध्यानाकर्षणसहित पत्र पठाएको हो ।‘निर्वाचन आयोग नेपालले कुनै पनि तवरबाट निर्वाचनको स्वच्छता र निष्पक्षता कायम रहोस् भनी सदैव चासो राख्दछ । संविधान र प्रचलित निर्वाचनसँग सम्बन्धित कानूनको आधारमा निर्वाचन सम्पन्न गर्ने क्रममा ऐन कानूनको परिकल्पना भन्दा बाहिरका उपायहरू प्रविधिमार्फत अवलम्बन गरी निर्वाचन कानून बाहेकका कानूनको उल्लंघन हुनसक्ने विषयमा समेत आयोग सचेत छ ।’ आयोगको स्पष्टीकरणमा भनिएको छ, ‘उल्लेखित सन्दर्भमा हाम्रो नेपाली पार्टीसँग यहाँको कुनै कानूनी सम्बन्ध रहेको भन्ने आयोगमा रहेको उक्त दलको अभिलेखबाट नदेखिएको अवस्थामा सोही तथ्यमा विश्वस्त हुँदै पत्र प्राप्त भएको दुई दिनभित्र जवाफ उपलब्ध गराइदिन अनुरोध छ ।’आयोगले शालाई इन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीसँग तपाईंको कुनै आवद्धता छ, छैन ?, हाम्रो नेपाली पार्टीसँग कुनै दलगत आवद्धता छैन भने उक्त दलले तस्बिर र नाम प्रयोग गरी आफ्नो दल र उम्मेदवारहरूको मत निरन्तर मागिरहेको देखिएकोले सो कार्य गर्न कुनै व्यक्त वा अव्यक्त सहमति छ, छैन ? भनेर स्पष्टीकरण सोधेको छ ।

आयोगको सहमतिबिना निर्वाचन क्षेत्र नछाड्न निर्वाचन अधिृकतलाई निर्देशन

काठमाडौं : निर्वाचन आयोगले पूर्व सहमति बिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न सबै निर्वाचन अधिकृतलाई जानकारी गराएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज एक विज्ञप्ति जारी गर्दै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेपछि पूर्व सहमति बिना निर्वाचन क्षेत्र नछाड्न निर्वाचन अधिकृतलाई जानकारी गराउने निर्णय गरेको जानकारी दिए। आयोगले आज प्रतिनिधिसभा र…

निर्वाचन आयोगले माग्यो उम्मेदवारको खर्च विवरण

काठमाडौं। निर्वाचन आयोगले उम्मेदवारको खर्च विवरण माग गरेको छ। नागरिकता विधेयक अघि बढाउने गठबन्धनमा सहमति भएको छ। काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले ल्याएको नीति तथा कार्यक्रम सत प्रतिशत मतले परित भएको छ। पछिल्लो २४ घण्टामा ३१ जना कोरोना संक्रमित थपिए भने १० जना निको भएका छन्। सुर्खेतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

निर्वाचन आयोगले कुलमान घिसिङलाई सोध्यो स्पष्टीकरण

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै बिहीबारको बसेको आयोगको बैठकले कार्यकारी निर्देशक घिसिङसँग स्पष्टीकरण सोधेको हो । पार्टीको चुनावी प्रचार सामग्रीमा फोटो राख्ने सहमति दिएको हो कि होइन भनेर आयोगले घिसिङसँग प्रश्न गरेको छ । उनलाई पत्र पठाएर सात दिनभित्र प्रश्नको […]

निर्वाचन आयोगले आचार संहिता उल्लंघनको आरोपमा कुलमानलाई सोध्यो स्पष्टीकरण

वैशाख १, काठमाडौं ।निर्वाचन आयोगले नेपाल विद्यत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । आयोगले निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै उनलाई बिहीवार स्पष्टीकरण सोधेको हो । नेकपा माओवादी केन्द्रको प्रकाशित गरेको निर्वाचन प्रचार - प्रसार पोष्टरमा उनको फोटो  राखिएको थियो । तर व्यापक आलोचना भएपछि भने उक्त पार्टीले उनको तस्वीर पछि हटाएको थियो । घिसिङको तस्वीर चुनावी पोस्टरमा राख्नुले निर्वाचन आचार संहिता उल्लंघन भएको आयोगको भनाइ छ । आयोगले किन कारबाही गर्न नपर्ने हो भन्नेबारे स्पष्ट पार्न भनेको हो । आयोग स्रोतका अनुसार फोटो राखेर प्रचार सामग्री बनाउन दिने विषयमा तपाईंको सहमति हो कि होइन भनेर कुलमानलाई स्पष्टीकरण माग्ने निर्णय भएको छ । निर्वाचन आयोगले उनलाई सात दिनभित्र आयोगका प्रश्नको चित्तबुझ्दो जवाफ दिन भनेको छ । यसैगरी आयोगले गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीलाई पनि स्पष्टीकरण सोधेको छ ।

सत्तारुढ गठबन्धन बिच 'डेडलाइन' भित्रै स्थानीय तह निर्वाचन गर्ने सहमति

काठमाडौं : उच्चस्तरीय राजनीति समन्वय समितिको बैठकमा संविधानले निर्धारण गरेको समय भित्र स्थानीय निर्वाचन गर्ने सहमति जुटेको छ।  प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच सोमवार भएको बैठकमा निर्वाचनबारे छलफल गर्न आज बैठक बस्ने सहमति भएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकमा नेताहरुबिच निर्वाचन आयोगले प्रस्ताव गरेको समयमा…

जसपाका दुबै समूहलाई छलफलका लागि आयोगले बोलायो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का दुवै समूहलाई निर्वाचन आयोगले छलफलका लागि बोलाएको छ । आधिकारिकताको दावी गरेका दुवै समूहलाई छलफलका लागि मंगलबार ११ बजे बोलाएको निर्वाचन आयोगले जनाएको छ । अन्तिम सहमतिका लागि बोलाएको छलफलमा दुवै पक्ष सहभागी भए आयोगले सहमतिका लागि पहल गर्ने र सहमति नभए जुन पक्षको दाबी पुग्छ त्यसैअनुसार निर्णय […]

आयोगले जसपाका दुवै पक्ष बोलायो

जनता समाजवादी पार्टीको आधिकारिकताको विवादको विषयमा निर्वाचन आयोगले मंगलबार सहमतिकोलागि दुवै पक्षलाई बोलाएको छ। सहमति खोज्न मंगलबार जसपाको दुबै पक्षलाई बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।...

निर्वाचन आयोगले जसपाका नेतासँग सहमतिको प्रयास गर्दै, सहमति नभए प्रक्रियामा जाने

२२ असार, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का दुवै पक्षलाई आज छलफलका लागि बोलाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बिहान ११ बजे जसपाका नेताहरुलाई सहमतिका लागि बोलाइएको जानकारी दिए । अन्तिम सहमतिका लागि बोलाएको छलफलमा दुवै पक्ष सहभागी भए आयोगले सहमतिका लागि पहल गर्ने र सहमति नभए जुन पक्षको दाबी पुग्छ त्यसैअनुसार […]

जसपाको दुवै पक्षलाई निर्वाचन आयोगले बोलायो

१५ असार, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) मा सहमतिको लागि दुबै पक्षलाई असार २२ गते बोलाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को उपदफा ४ बमोजिम अन्तिम सहमतिका लागि दुबै पक्षलाई छलफलमा बोलाइएको हो । ‘सो दिन सहमति भए सोही अनुसार हुनेछ । सहमति नभए आयोग […]