मुलुक प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको संघारमा छ। निर्वाचनले गाँउबस्ती, शहर बजारको चोक र गल्लिहरुमा राजनीतिक माहोल तातिएको छ। निर्वाचन आउन ३३ दिन बाँकी रहँदा उम्मेदवारहरूले मतदातासँगको भेटघाटलाई तिव्रता दिइरहेका छन्। निर्वाचनको माहौलले अबको निर्वाचनबाट यहाँको राजनीति गतिविधिसँगै नेताहरुको अवस्था कस्तो होला भन्ने विषयमा सबैको ध्यान मोडिएको छ।प्रदेश–१ जहाँ ठूलाठूला राजनीतिक दलको नेतृत्व गर्ने ‘हेभिवेट’ नेताहरुको थातथलो र राजनीतिक भविष्यको भाग्य रेखा कोरिएको छ भने, मजदुर