काठमाडौं : निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनलाई लक्षित गरी भोलि बुधबारदेखि आचारसंहिता लागू गर्ने निर्णय गरेको छ। दुवै पदको निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले फागुन १७ देखि चैत ५ गतेसम्म कायम रहने गरी आचारसंहिता लागू गर्ने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए।आचारसंहिता गत भदौ १३ गते नै नेपाल राजपत्र खण्ड–७२, संख्या ३२ मा प्रकाशन भइसकेको आयोगले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ। आचार