एक महिलाले टिकटकमा ‘ट्वर्क’ गरेको भिडियो राखेपछि उनलाई जागिरबाट निकालिएको छ । यसविरुद्ध अदालतको ढोकासमेत ढक्ढकाएकी उनले मुद्दा हारेकी छिन् ।
स्पेनको क्यास्टिला वाई लियोन क्षेत्रको सुपेरियर ट्रिब्युनल अफ जस्टिसले ती महिलालाई जागिरबाट निष्कासन गर्ने एक सुपरमार्केटको निर्णयमा सहमति जनाएको थियो । सुपरमार्केटमा क्यासियरको रुपमा काम गर्ने ती महिलाले टिकटकमा थुप्रै भिडियो पोस्ट गरेकी थिइन् । त्यहि टिकटकमा पोस्ट गरिएका भिडियोलाई आधार मानेर उनलाई बर्खास्त गरिएको थियो ।
खासमा भएको के थियो भने, उनले ढाड दुख्यो भनेर आफ्नो कामबाट लामो बिदा मागेकी थिइन् । सुपरमार्केटले पनि तलबसहितकै बिदा दिएको थियो । तर यतिबेला उनले टिकटकमा ट्वर्क गरेको भिडियो...