युवाले अब नसोचे कहिले सोच्ने ?

राजनीतिमा चासो राख्ने एकथरी युवा छन् भने कत्ति पनि चासो नराख्ने युवाको जमात पनि धेरै छ । एकथरी युवा बुझेर राजनीतिमा लागेका छन् भने अर्कोथरी लहलहैमा । युवाहरू गाउँदेखि सहरसम्म राजनीतिमा आवद्ध भएकाको उद्देश्य मुलुकलाई विकसित देशको तुलनामा पु¥याउने बाटोतिर लैजाने भन्दै तल्लीन छन् । उनीहरू राजनीतिक रुपमा चेतनशील छन् । तर्क–वितर्क गर्न सक्षम छन् । कडा भाषण गर्छन् ।केही युवा आफ्नो विचारभन्दा बाहिर जुनसुकै दलको आज्ञा पालना गर्ने तप्काका पनि छन् । हचुवाको भरमा पार्टीका नेतालाई सर्वश्रेष्ठ

सम्बन्धित सामग्री

टुक्रिएको युवा मन

जोस र ऊर्जाका पर्याय हुन् युवा । जोस र ऊर्जाले मात्र देश निर्माण गर्न सकिन्छ । दुःखको कुरा, देशका जोस र ऊर्जा दिनहुँ बाहिरिँदै छन् । अनि कसरी बन्नु देश । उमेर छँदा युवा आफ्नो ज्ञान, सिप र श्रम विदेशमा पोख्न बाध्य छन् । बिदेसिएका युवाले पठाएको विप्रेषणले हामी दङ्ङ त छौँ तर देशको अर्थतन्त्रबारे त्यति चिन्तित हुन सकेका छैनौँ । देश बनाउन युवालाई विदेश पठाउने होइन, युवाले उत्पादन गरेका वस्तु चाहिँ विदेश पठाउनु पर्छ । नेतृत्वले यो कुरा कहिले बुझ्ने ?

'ओइ, तँ कहिले देश छोड्छस् त ?'

युनिभर्सिटीले बिग्रेको देखाउन नसकेको मेरो देश युवाले पूर्ण रूपमा बिग्रेको देखाए । सत्यता यस्तै हुन्छ सायद। खेती गर्ने किसानले मात्रै फसल बिग्रेको देख्ने रहेछ ।

स्टार्टअपको इकोसिस्टम निर्माण

अर्थतन्त्रको रूपान्तरणमा स्टार्टअप व्यवसाय निकै सहयोगी हुने भए पनि ज्यादै कम स्टार्टअपमात्रै सफल हुन्छन् । तैपनि सबै देशका सरकारले युवालाई नयाँ सोचका साथ काम गर्न प्रोत्साहित गरिरहेका हुन्छन् । नेपालमा पनि सिद्धान्तत: सरकारले स्टार्टअपका लागि युवाहरूलाई सहयोग गर्ने नीति लिएको छ । तर, उसले न मौद्रिक सहयोग नै गर्न सकेको छ न त नीतिनियमबाट नै उनीहरूलाई काम गर्ने पर्याप्त वातावरण बनाइदिएको छ । खासमा सरकारले स्टार्टअपलाई दिने वित्तीय सहयोग भन्दा कानून निर्माण र अन्य सहयोग बढी महत्त्वपूर्ण हुन्छ । तर, सरकारी असहयोगकै कारण कतिपय युवा बीचैमा आयोजना छाडेर विदेशिएका छन् भने कतिपय अन्य काममा लागेका छन् । सरकारको यो शैलीमा परिवर्तन जरुरी छ ।  स्टार्टअपलाई सहयोग गर्ने भनी बजेटमा उल्लेख हुन थालेको आधा दशकभन्दा बढी समय भइसकेको छ । तर, कहिले कार्यविधि नबनेको, कहिले स्टार्टअपलाई परिभाषित नै गर्न नसकिएको, कहिले अर्थ मन्त्रालयले रकम निकासा नदिएको, कहिले अनुदान दिने त कहिले सस्तो ब्याजमा कर्जा दिनेजस्ता कुरा गरेर स्टार्टअपलाई सरकारले सहयोग गरेको छैन । आवेदन माग गरेर पनि कुनै निर्णय गर्न नसक्दा त्यस्ता स्टार्टअपको सोच ल्याउने युवा निराश भएका छन् । यसरी आशा देखाएर उनीहरूलाई मन्त्रालयको चक्कर काट्न लगाउनुको सट्टा सहज कानूनमात्रै बनाइदिएको भए आफै स्रोत खोज्थे । तर, सरकारी सहयोगको आशा गर्दा उनीहरूको समय खेर गएको छ ।  सरकारसँग व्यावसायिक सोच हुन्थ्यो भने उसले जेजस्तो शर्त खुला गरेर पनि व्यवसायीहरूलाई नयाँ नयाँ व्यवसाय गर्न प्रोत्साहित गथ्र्यो । अनेक आशंका गरेर तिनको बाटो बन्द गर्ने काम गर्दैनथ्यो, हतोत्साही पार्दैनथ्यो । खासमा नेपालमा स्टार्टअपको चर्चा जति भएको छ त्यसअनुसार स्टार्टअपका लागि इको सिस्टम नै नबनिसकेको हो कि भन्ने देखिन्छ । हुन त केही स्टार्टअपहरूले अहिले राम्रो व्यवसाय गरिरहेका छन् । कुनै युवाले नयाँ सोच ल्याएर काम गर्न थाल्यो भने उसलाई कानूनी प्रावधान देखाएर तर्साइन्छ । उसलाई त्यसमा सरकारले सहयोग गरिदिनुपर्ने हो । भन्ने नै हो भने नेपालमा सरकार र सरकारी कर्मचारीमा व्यावसायिक सोच नै छैन । सरकारसँग व्यावसायिक सोच हुन्थ्यो भने उसले जेजस्तो शर्त खुला गरेर पनि व्यवसायीहरूलाई नयाँ नयाँ व्यवसाय गर्न प्रोत्साहित गथ्र्यो । अनेक आशंका गरेर तिनको बाटो बन्द गर्ने काम गर्दैनथ्यो, हतोत्साही पार्दैनथ्यो । कुनै पनि व्यवसाय सफल हुनु भनेको मुलुकको अर्थतन्त्र बढ्नु हो, रोजगारी बढ्नुको जसबाट सरकारलाई कुनै न कुनै रूपमा राजस्व आउँछ । त्यसैले अन्य मुलुकमा अहिले गरेको सहयोगले कुनै उद्योग वा व्यवसाय चल्यो भने त्यसले निरन्तर लाभ दिन्छ भन्ने सोचका साथ व्यवसायलाई चल्न दिने वातावरण बनाइन्छ, सरकारले कर आदिको लोभ पनि गर्दैन । एक किसिमले सरकार आफै पनि व्यवसायीजस्तो भएर लामो समयसम्म लाभ दिने कम्पनीलाई हुर्काउन मद्दत गर्छ । तर नेपालको सरकारसँग भने व्यवसायी भनेका मुनाफाखोर हुन्, तिनलाई नाफा कमाउन किन सहयोग गर्ने भन्ने मानसिकताले काम गरेको पाइन्छ । त्यसैले कुनै पनि व्यवसायलाई दिल खोलेर सहयोग गर्नुभन्दा अनेक अवरोध हाल्ने काम गरिन्छ ।  सरकारले अर्थतन्त्रको विस्तारका लागि निजीक्षेत्रको जति नै भूमिका छ भनेर भने पनि व्यवहारमा कहिल्यै पनि निजीक्षेत्रप्रति पूर्ण मैत्री र विश्वासको व्यवहार गरेको पाइँदैन । स्टार्टअपमा पनि त्यस्तै भएको पाइन्छ । सरकारले आफूले दिने भएको सहयोग दिएन । तर, कर्जा सुरक्षण कोषको भाँजो देखाएर स्टार्टअप आइडियाका लागि बैंकहरूलाई कर्जा दिन पनि रोकिएको छ । परियोजना नै धितो राखेर उनीहरूलाई कर्जा दिने हो भने पनि ठूलै सहयोग हुन्छ । सरकारले दिने भनेको रू. २५ लाख स्टार्टअपका लागि खासै ठूलो रकम होइन, यसबाट तिनले काम अघि बढाउन ठूलै टेवा पाउने देखिँदैन । त्यसैले स्टार्टअपका बारेमा सरकारले उदार भएर नीतिगत सहजता थपिदिनु आवश्यक छ र स्टार्ट अपका लागि आवश्यक इकोसिस्टम तयार गर्न भूमिका निर्वाह गर्नुपर्छ ।

उम्मेदवारी दर्ता गर्दै कर्णले भने– यो मेरो अन्तिम लडाई हो

सत्ता गठबन्धनका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं १ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता लक्ष्मणलाल कर्णले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिने क्रममा लोसपा नेता कर्णले यो अन्तिम लडाई भएको बताएका छन् । ‘राम नाम जप्ने बेलामा पनि तपाई उम्मेदवारी दिँदै हुनुहुन्छ युवाले कहिले अवसर पाउने ?’ भन्ने सञ्चारकर्मीको जिज्ञासामा  लोसपा नेता कर्णले यसपटक आफ्नो उम्मेदवारी अन्तिम पटक भएको टिप्पणी गरेका थिए । ‘यसपछि युवाले पालो पाउँछ, मेरो यो अन्तिम पटकको उम्मेदवारी हो&rs

कहिले टिकट पाइएला भनेर युवाले प्रार्थना गरिरहेका छन् : अध्यक्ष तिमल्सिना

७ भदौ, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले अहिले राजनीतिक दलमा युवाले कहिले टिकट पाइएला भनेर प्रार्थना गरेर बसेको टिप्पणी गरेका छन् । मंगलबार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रममा उनले पुराना नेता हुँदासम्म युवाले पालो नपाएको बताए । ‘अहिले पार्टीका नेता, कार्यकर्ताहरु कहिले पुराना नेताहरुको जीवन […]

विदेशिने युवाको कथा ‘तीन ट्रान्जिट’

युवाहरू किन विदेशिन्छन् । नेपालमा युवाले काम पाउँदैनन् । सबैलाई किन विदेश जाने भूत चढेको छ । आफ्नै देशमा बसेर केही गरुँ न भन्ने ज्ञान युवामा कहिले आउने ? नाटक ‘तीन ट्रान्जिट’ यिनै कुराबीच घुमेको छ । नेपालको राजनीतिक विकासमा युवाको धेरै नै आवश्यकता रहेको नाटकले दर्शाउँछ । हरेक साना ठूला राजनीतिक परिवर्तनका लागि युवा चाहिन्छ तर यसरी युवा नै विदेशिएपछि देशको राजनीतिक र आर्थिक अवस्था कस्तो हुन्छ ? यी प्रश्नको जवाफ नाटकले बताउँछ । लामो समयदेखिको राजनीतिक र लोकतान्त्रिक व्यवस्था सुदृढीकरणका निम्ति युवाले गरेको सङ्घर्षको पृष्ठभूमिमा उनीहरूले खेप्नु परेको नियतिका साथसाथै विगतका अनेकन सिकाइका पाटालाई फर्केर हेर्दा ‘आगामी राजनीतिक नेतृत्व छनोट कस्तो हुनुपर्छ ? भन्ने विचार र प्रश्नहरूको जवाफ पनि नाटकमा देखाइएको छ । युवाका केही अपेक्षा, आत्म घोत्ल्याइँ, केही दुःखेसो, केही आशा र केही जागृतिका स्वरहरूको कलात्मक संयोजनको पाटो हो ‘तीन ट्रान्जिट’ । अबुधाबी, न्युयोर्क र काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थलका तीन ट्रान्जिटमा नाटकका दृश्यहरू घुमेका छन् । ट्रान्जिटमा आउने र जानेहरूका बीच हुने बहस नै यो नाटकको सेरोफेरो हो । विगतका राजनीतिक उपलब्धिलाई जोगाउन तथा विद्यमान समस्याको निराकरण गर्न चुनावमय हुँदै गएको राजनीतिक परिदृश्यमा युवाको उपस्थिति र सिर्जनात्मक जिम्मेवारी कस्तो हुनुपर्छ भन्ने जवाफको खोजी नै नाटक ‘तीन ट्रान्जिट’ को सार हो ।

त्रिवि सभाको गलत निर्णयविरुद्ध विद्यार्थी सर्वोच्चमा

तर बिचैमा षड्यन्त्त पूर्वक त्रिवि सभाले परीक्षाको सार्वजनिक गरेको तालिकानै रद्ध गरेर करारका ४८० शिक्षकलाई स्वतः स्थाई गराउने निर्णयनै पास गरायो। यसले हामी यस्ता युवाले कहिले त्रिवि सेवामा प्रवेशको अवसर पाउने? त्यही भएर हामी जस्ता पिडित विद्यार्थीहरु त्रिव...

युवाले स्वदेशमै रोजगारी कहिले पाउँछन्?

वैदेशिक रोजगारले देशलाई केही हदसम्म नोक्सान भएता पनि जनताको आर्थिक स्थितिमा सुधार आएको छ। तर, वैदेशिक रोजगारीमा गई देशको विकास गर्छु भन्नु सूर्यको बिम्बलाई हत्केलाले छेकी विश्वलाई अन्धकार बनाउँछु भनेजस्तै हो।

आधा करोड नेपाली काम खोज्दै विदेश उडे, कहिले सकिएला ‘म्यानपावर युग’ ?

१६ फागुन, काठमाडौं । वैदेशिक रोजगारीको युग शुरु भएको अढाइ दशकमा ४९ लाख ९४ हजार अर्थात् आधा करोड युवाले पराया भूमिमा श्रम बेचिसकेका छन् । यो आँकडा सरकारी निकायकै हो । र, स्वदेशमा रोजगारीका अवसर सिर्जना नहुँदा बिदेसिने दर अहिले पनि उत्तिकै छ । 'म्यानपावर' शब्द सुन्नासाथ युवामा वितृष्णा पैदा हुन्छ …