युवाले स्वदेशमै रोजगारी कहिले पाउँछन्?

वैदेशिक रोजगारले देशलाई केही हदसम्म नोक्सान भएता पनि जनताको आर्थिक स्थितिमा सुधार आएको छ। तर, वैदेशिक रोजगारीमा गई देशको विकास गर्छु भन्नु सूर्यको बिम्बलाई हत्केलाले छेकी विश्वलाई अन्धकार बनाउँछु भनेजस्तै हो।

सम्बन्धित सामग्री

बिचरा नयाँ पिढी !

नेपाल सरकारले अब इराकसहित युरोपका अन्य मुलुकहरूमा पनि नेपाली युवालाई जागीरको नाममा देशबाट लखेट्ने तयारी गरिरहेका समाचार आएको आयै छन् । यसका लागि श्रममन्त्री दिलोज्यान दिएर लागेका लाग्यै छन् । भन्न चाहिँ युवालाई स्वदेशमै रोजगारी दिलाउने भन्या भन्यै छन् । नेपालले अहिलेसम्म १६९ देशसँग दौत्य सम्बन्ध कायम राखेकोमा वैदेशिक रोजगारीका लागि १११ देश खुला गरिएका छन् । अर्थात् अब जुन देश उड्न मन लाग्छ, झोला बोकेर हिँडे भो ।  बिचरा नेपाली युवाहरू देशभित्र गरून् पनि के ?उनीहरूसँग तीतो अतीत छ, लंगडो वर्तमान र अँध्यारो भविष्य छ । सरकार काम दिँदैन, बाउआमाले पैसा दिँदैनन् वा दिन सक्तैनन् । समाजले इज्जत दिँदैन । यसो ठिटाठिटी माया पिरिम गफ गरून्, भने त्यो पनि ठाउँ छैन । यसो मन्दिर देवलतिर घुम्न गयो, उल्टै लखेट्न आउँछन् । ‘यस्तो देशमा पनि कोही बस्छ त ब्रो’ भन्दै अनि विदेशतिर हाम नफाले कहाँ जाऊन् ? बुढाबुढीहरू दियो जलाउँछन् । युवाहरू दिल जलाएर बाँचिरहेका छन् । आफ्ना रुमानी सपनाहरूलाई मनमनै साँचिरहेका छन् । विदेश पुगेर फर्केकाहरू नेपालमै भए पनि कुरा अमेरिका, बेलायत र अस्ट्रेलियाकै मात्र गरिरहन्छन् । विदेश जानेको प्रशंसा घर घरमा गरिन्छ, स्वदेशमा बस्ने नालायकमा गनिन्छन् । अब नालायक हुनुभन्दा त पखेटा हाल्नै ठीक हो नि, हैन ? यसरी युवाहरू नेपाली देशभक्तिको झण्डा बोकेर अंग्रेजी र अंग्रेजका गीत गाउन थाल्छन् । यसैले विदेशीकै परम्परालाई आत्मसात् गरिरहेका पनि छन् । धन्न, ‘यो मन त मेरो नेपाली हो’ भन्न चाहिँ छाडेका छैनन् । तर यता देश हाँक्नेहरू भाषण ठोक्छन्, ‘देशको माया तोड्न हुन्न, आफ्नो संस्कृति, परम्परालाई छोड्नुहुन्न ।’ तर युवा भन्छन्, ‘खोक्रो स्वतन्त्रता के गर्नु ? ओढ्नु कि ओछ्याउनु ? हामी भोका छौं, नांगा छौं । हामी कहाँ जाउँ, के गरौं ?’ फेरि नेता खोक्छन्, ‘हामीले पुरानो सत्ताबाट मुक्ति दिलाएका छौं, स्वतन्त्रता सेलिब्रेट गर ।’  ‘भाडमा जाओस् तिम्रो स्वतन्त्रता, जसले घरमा चूलो बाल्दैन, देशमा समृद्धिको यात्रा थाल्दैन’ भन्छन् युवाहरू । त्यसो त नेताजीहरू कपडा लाएर पनि नांगै छन् । उनका कुरा पनि बाँगा बांगै छन् । बोलीले जितेरै आफ्ना नांगापन ढाकिरहेका छन् । तनमा दौरासुरुवाल लगाए पनि मनमा विदेशीको भजन गाएकै छन् । यस्तो भक्तिगीत गाएर आफ्नो दुनो सोझ्याएकै छन् । जनताका आँखामा धूलो फ्याँकिरहेका छन् । कोही पुराना भूत जगाउँदै छन् । भ्याएसम्म युवाजति विदेश भगाउँदै छन् । तर यता युवा मन्त्रालय बनाउन भने तँछाडमछाड हुन्छ, युवाका लागि नभई बुढा नेता, मन्त्री आफ्ना लागि वा तिनका आसेपासेका लागि । यता, कोही अतीतका गौरवमा छन् । कोही वर्तमानको सन्त्रासमा छन् । अर्काथरी ठूलै झुन्ड छ देशमा, जो नेताका बकवासलाई कविताको अनुप्रास ठान्छन् । अश्लीलतालाई अलंकार मान्छन् । देशको ढुकुटी खाली खाली छ । जनताका खल्ती खाली खाली छन् । कुनै दलमा नलागेका जनताका मनमा भने नेताहरूलाई केवल गाली नै गाली छन् ।  पहिले देश बन्द गर्दै हिँड्नेहरू हिजोआज संसद् बन्द गर्नेमा पुगेका छन् । हिजो रेलिङ भाँच्नेहरू अहिले कुर्सी तोड्नेमा पुगेका छन् । हिजो युवाले अवसर पाएन भन्नेहरू अहिले प्रौढलाई मन्त्रीको अवसर खोइ भन्दै छन् । पहिले देश बन्द गर्दै हिँड्नेहरू हिजोआज संसद् बन्द गर्नेमा पुगेका छन् । हिजो रेलिङ भाँच्नेहरू अहिले कुर्सी तोड्नेमा पुगेका छन् । हिजो युवाले अवसर पाएन भन्नेहरू अहिले प्रौढलाई मन्त्रीको अवसर खोइ भन्दै छन् । यसरी एउटा युवा अवसर नपाई बूढो हुन्छ । ऊ सधैं उपेक्षित छ । यसरी युवा कसरी बाँच्छन् खै ? बैंशको तालमा नाच्छन् कसरी खै ? यता, विधेयकमा छलफल गरेर पास वा फेल गराउनुपर्नेहरू सत्ताको चलखेलमा मात्र अल्झिएको देखेपछि मभित्रको पत्रकार एकाएक जागृत भयो र लागेँ संसद् भवनतिर त्यहाँको गतिविधि हेर्न । अचम्म ! संसद् परिसरमा त सांसदमात्र होइन, गाउँगाउँबाट लखेटिएका बाँदरहरू पो धेरै भेटिए । विश्वासै लागेन । यसो सम्झेँ । सिंहदरबारमा भुस्याहा कुकुरहरू भेटिन्छन् भने बानेश्वरमा भुस्याहा बाँदरहरू भेटिनु कुन नौलो कुरा भो र ?पशुपतिदेखि वानेश्वर कति नै टाढा छ र ?कुुकुर र बाँदरको दोस्ती त हुनै पर्‍यो नि । आखिर दुवै जनावर नै त हुन् । संसद्को मुख्य द्वारमा एक्का दुक्का बाँदरहरूसँग साक्षात्कार भयो । बिस्तारै कोरिडोर, भर्‍याङ हुँदै संसद्भित्र हिँड्दै जाँदा त हुलका हुल बाँदरहरू । धेरैजसो राता बाँदर, कोही काले ढेडुहरू । कोही पहेँला र हरिया रङका बाँदरहरू । कोही पुटुक्क भुँडी निस्केका, कसैका भुँडी दाम्रिएका, कोही कोही चाहिँ केही नपाएर चाम्रिएका । बाँदरका पनि आआफ्नै नाइके, उपनाइके । कोही सबैको खोसेर खाने, कोही बिचरा खान पाउने आशमा आँ गरी बस्ने । हनुमानजीहरूको दर्शन भो भन्ठानेर झोलामा भएको दर्जन केरा एक दुईलाई समर्पण मात्र के गर्‍याथेँ, भएजति सबै हनुमानजीहरूले केरालाई एकैचोटि यसरी झम्टिन थाले जसरी चौपायामाथि गिद्ध, माछामाथि बकुल्ला र कुर्सीमाथि नेता झम्टन्छन् । धूँवाभित्रै हराएकाजस्ता यी बाँदरहरूका हात हातमा सिगार र सिगरेट पनि देखिन्थे । यसरी मैले संसद्मा जे जे देखेँ, अनि यो कविता लेखेँ– सिगारको सम्धि चुरोटको साला चिलिमको मामा हुक्काको घरवाला वरिष्ठ दाबी गर्ने हे पुरानो पिढी अर्थात् जलिसकेको बिंडी बन्द गर तिम्रो तिगडम र जालझेल राजनीतिको यो फोहोरी खेल । फिमेल होस वा मेल अस्पताल होस् या अदालत  फिल्म हल होस् या जेल  विराटनगरको बस होस् वा जनकपुरको रेल काठमाडौंदेखि कैलाली कञ्चनपुरसम्म भाइरससरी फैलिएको छ भ्रष्टाचार टन्न बुझ्नै सकेको छैन यो राजनीति हो कि झ्याली हो कि रास्वपाको र्‍याली हो ? देखेर देशको बेहाल भित्रभित्रै चित्त कटक्क दुख्छ   थाहा छैन भ्रष्टाचारको आगो कहिले कसरी निभ्छ हे नेता ! के यसरी नै चलिरहन्छ तिम्रा राजनीति कहिल्यै सोचेका छौ भोलि कसरी बाँच्छ नयाँ पिढी ?