कार्पेट किन्दा ध्यान दिनैपर्ने आधारभूत पक्ष

काठमाडौं । अहिले बजारमा विभिन्न डिजाइन, रंग र गुणस्तका कार्पेट उपलब्ध छन् । खासगरी कोठाको सजावट र भुइँको चिसोबाट जोगिनका लागि घर, विद्यालय, अफिस, होटेल, रेस्टुराँ, पसल सबै ठाउँमा कार्पेटको प्रयोग हुँदै आएको छ । कार्पेटको गुणस्तर, त्यसमा प्रयोग गरिएको कच्चा पदार्थ र डिजाइनअनुसार यसको मूल्य कायम गरिएको हुन्छ । कार्पेट किन्दा आफ्नो कोठाको आकार, आफूसँग भएको बजेट र चाहनाले पनि भूमिका खेलेको हुन्छ । कार्पेट प्रयोगले कोठामा सधैं पोछा लगाउनुपर्ने बाध्यताबाट छुटकारा मिल्ने भएकाले पनि यसको उपयोगिता बढ्दै गएको हो । सबैभन्दा पहिला कस्तो कोठाका लागि कार्पेट किन्ने हो, त्यसमा ध्यान दिनु जरुरी हुन्छ । कार्पेट व्यवसायीका अनुसार पछिल्लो समय महामारीका कारण कार्पेट बन्ने कच्चा पदार्थ महँगिएकाले यसको मूल्य पनि महँगो भएको छ । त्यसैले कार्पेट किन्नुअघि गुणस्तर, मूल्य आदि विषयमा ध्यान नदिइए आफूले लगानी गरेको पैसा खेर जान सक्छ । नेपाली बजारमा कमसलदेखि निकै महँगा र आकर्षक कार्पेट उपलब्ध छन् । ग्राफिक्स, रिब्ड, जकार्ड, भेलोर, स्ट्राइप, प्रिन्टेड, यती, एसटी कार्पेट आदि नेपाली बजारमा प्रचलित उत्पादन हुन् । घरको कोठामा प्रायजसो भुवादार कार्पेट किन्नु राम्रो हुन्छ । यसले कोठाको शोभा बढाउनुका साथै भुइँको चिसोबाट समेत बचाउने गर्छ । लिभिङ रुमका लागि कार्पेट किन्दा दाग नबस्ने खालको किन्नु बुद्धिमानी ठहर्छ । नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष रुपेश प्रधानका अनुसार नेपालमा अहिले प्रायजसोले फेब्रिकबाट बनेका कार्पेरु प्रयोग गरिरहेका छन् । जाडो महिनामा कोठाको भुइँ न्यानो राख्न सहयोग गर्ने हुनाले यसको प्रयोग बढेको उनी बताउँछन् । कार्पेट खरिद गर्दा केही महँगो परे पनि राम्रो र गुणस्तरीय कार्पेट नै किन्नुपर्ने उनको धारणा छ । सस्तो खाले कार्पेटले मानिसको स्वास्थ्यमा समेत नकरात्मक असर पर्ने हुँदा प्रयोग नगर्न उनको सुझाव छ । घरको कोठाका लागि खासगरी पोली प्रोप्लिन कार्पेट बढी राम्रो हुने उनी बताउँछन् । यसबाट बनेका कार्पेट महँगा भए पनि बढी टिकाउ र मुलायम हुने गर्छन् । भान्सा कोठा, अफिस रुम र होटललगायत स्थानमा प्लास्टिक प्रयोग गरेर बनाइएका कार्पेटको प्रयोग धेरै हुने गरको छ । सफा गर्न पनि सजिलो हुने भएकाले ती स्थानमा यसको प्रयोग बढेको हो । यस्ता कार्पेट कम टिकाउ र मूल्यका हिसाबले पनि सस्तो पर्दछ ।  

सम्बन्धित सामग्री

सोफा किन्दा यी कुरामा ध्यान दिनुपर्छ

बजारमा थरीथरीका सोफा पाइन्छन् । सोफा खरिद गर्दा धेरैले बाहिरी आकर्षणलाई नै ध्यान दिएको पाइन्छ । तर सोफाको आवरणभन्दा पनि त्यसमा प्रयोग गरिएका सामग्री कस्ता छन् त्यो महत्वपूर्ण हुन्छ । सोफामा काठ, कपडा र फाइबर (फम) मुख्य रुपमा प्रयोग हुने सामग्री हुन् । यसले नै सोफाको गुणस्तर कस्तो छ भन्ने कुरा निर्क्योल गर्छ । प्रायजसो […]

६ कुरा, औषधि किन्दा ध्यान दिनैपर्छ

बिरामी हुँदा हामी औषधि किन्न फार्मेसी पुग्छौं । चिकित्सकको प्रेस्क्रिप्सन भए सोही अनुसार, नभए आफूलाई आवश्यक परेको औषधि फटाफट किनेर ल्याउने अधिकांशको बानी हुन्छ । तर यसरी औषधि किन्दा धेरै कुरामा हाम्रो ध्यान पुगिरहेको हुँदैन । त्यसैले औषिध खरिद गर्दा यी ६ कुरामा विशेष ध्यान दिनुपर्छ । चिकित्सकको प्रेस्किप्सन अनुसार औषधि खरिद गर्ने जहिले पनि […]

नयाँ स्मार्टफोन किन्दा ध्यान दिनुपर्ने कुरा

आजभोलि स्मार्टफोन मानिसको दैनिक आवश्यकता बनिसकेको छ । हामी धेरैजसो काम स्मार्टफोन गर्छौं र स्मार्टफोनमै धेरै समय बिताउँछौं ।  कुनै बेला हामीलाई नयाँ स्मार्टफोन किन्नुपर्ने आवश्यकता पर्न सक्छ । त्यस्तो अवस्थामा कस्तो स्मार्टफोन किन्ने दोधारमा हुनुहुन्छ भने तलका यी कुरालाई ध्यान दिनुहोस् ।  १.आफ्नो बजेट निश्चित गरेर त्यति भित्रमै किन्ने  धेरैजसो...

दशैँमा खसी किन्दा ध्यान दिनुपर्ने कुरा

नेपालीहरूको महान चाड वडादशैँ शुरु भएको छ । दशैँको विशेषता भनेको मासुका बिभिन्न व्यञ्जनको खानपान हो । यसकालागी मानिसले गच्छे अनुसार खसी, बोका, कुखुरा किन्ने गर्दछन् । खसी, बोका किन्दा मन लागे अनुसारको बजेटमा नपाउने हुन्छ । अर्थात खसी, बोका किन्दा मुख्य समस्या भनेको मूल्यमा पर्दछ । मंहगो मुल्यमा कम वजनको खसी मात्र पाइन्छ । […]

नयाँ स्मार्टफोन किन्दा धेरै खर्च नगर्नलाई ध्यान दिनुपर्ने कुराहरु

स्मार्टफोन किन्दा केही कुराहरुमा एकदमै ध्यान पु¥याउनुपर्छ जसले गर्दा तपाईले राम्रो स्मार्टफोन पनि किन्न सक्नुहुन्छ र धेरै पैसा पनि खर्च हुदैन् ।  १. आफ्नो बजेट निश्चित गरेर त्यति भित्रमै किन्ने  धेरैजसो स्मार्टफोनमा २००० कै अन्तरालमा थुप्रै फोनहरु राखिएको हुन्छ । यसले गर्दा ग्राहकले अलि बढी खर्च गर्छन भन्ने कम्पनीहरुको मनसाय रहने गर्दछ । धेरै फिचर नथपिकन मूल्य...

चाडपर्वमा खाद्यान्न किन्दा ध्यान पुर्‍याउँ

काठमाडौं। चाडपर्वमा खाद्यान्न तथा कपडा किन्दा विशेष ध्यान पुर्याउन आवश्यक छ।उपभोक्ता अधिकार संरक्षण मञ्चका अध्यक्ष माधव तिमिल्सिना चावपर्वका बेला विभिन्न किसिमको मिसावट र मिति समाप्त भएका खाद्यन्नहरुमा बिक्री हुने खतरा रहेको भन्दै उपभोक्तालाई सचेत रहन आग्रह गर्छन्। सामान किन्दा अनिवार्य बिल र उत्पादन मिति हेर्ने बानी बसाल्न उनको आग्रह छ।यसका साथै चाडपर्वमा खाद्यान्नको अभाव नहुने समेत उनले स्पष्ट पारेका छन्।

औषधि किन्दा ध्यान दिनु पर्ने कुराहरु

सामान्य अरु उपभोग्य सामानहरु खरिद गर्दा हामिले धेरै कुराको ज्ञान लिने गरेको भए पनि औषधि जस्तो संवेदनशील कुरा किन्दा हामीले केही पनि ध्यान नदिएको पाइन्छ।

सोफा किन्दा यी विषयमा ध्यान दिनुुस्

काठमाडौं । घरमा आरामदायी बसाइ तथा कोठा सजाउने विषयमा सोफाले निकै सहयोग  गर्दछ । आफ्नो रोजाइअनुसार बजारमा विभिन्न डिजाइन तथा मूल्यका सोफा खरिद गर्न सकिन्छ । सोफा किन्नुपूर्व यसको डिजाइन तथा मूल्यसम्बन्धी सामान्य जानकारी राख्नु आवश्यक हुन्छ । आफूलाई कस्तो सोफा आवश्यक छ र कति रकम खर्चिने भन्ने कुराको जानकारी लिनैपर्ने हुन्छ । सामान्यतया सोफामा प्रयोग भएको काठ, लुगा, रंग र र्‍यागजिनजस्ता सामानको आधारमा यसको मूल्य निर्धारण हुने गर्छ । बेडमा प्रायजसो सिसौका काठ प्रयोग भएको हुन्छ । सोफामा उत्तिसको काठको प्रयोग हुने गर्दछ । नेपालमा सोफाको साइज, डिजाइन र त्यसमा प्रयोग भएको सामानको आधारमा १० हजारदेखि १ लाख २५ हजार रुपैयाँसम्मका सोफा बजारमा उपलब्ध छन् । सामान्यतया सिंगल सिटदेखि ७/८ वटा सिट भएका सोफा पनि बजारमा उपलब्ध छन् । महर्जन फर्निचर सेन्टर कीर्तिपुरका राजु महर्जनका अनुसार घरमा प्रयोग हुने सोफा किन्दा प्रायः ४ वटासम्म सिट भएका सोफा किन्नु उपयुक्त हुन्छ भने कार्यालय प्रयोजनका लागि ४ वटाभन्दा बढी सिट भएका सोफा किन्नुपर्छ । यद्यपि आफ्नो घर, कोठा तथा कार्यालयमा ठाउँको उपलब्धताअनुसार सानो वा ठूलो साइजका सोफा खरिद गर्न सकिन्छ । महर्जनका अनुसार धुन सजिलो हुने भएकाले घरमा प्रयोग हुने सोफामा प्रायः कपडाको प्रयोग भएको हुन्छ भने अफिस तथा कार्यालयमा प्रयोग हुने सोफामा  ¥यागजिन र लेदर प्रयोग गरिएको हुन्छ । सोफा किन्दा कतिपय व्यापारीले त्यससँगै कुसन तथा टुल पनि दिने गर्छन् । कर्नर सोफा : दायाँतर्फ ३ र बायाँतर्फ २ सिट गरी यसमा जम्मा ५ वटा सिट हुन्छन् र बीचको कुनामा चिया तथा कफी राख्न ३० इन्चको सिसा राखिएकाले टेबलको कामसमेत गर्दछ । त्यसकारण यसलाई कर्नर सोफा भनिएको हो ।यसमा प्रयोग गरिएका फोम, सिसा र कपडाको गुणस्तरका आधारमा यसको मूल्य ३२ हजारदेखि ७५ हजार रुपैयाँसम्म रहेको छ । २ सिटको कुल लम्बाइ साढे ६ फिट र ३ सिटतर्फको लम्बाइ साढे ८ फिटसम्मको लम्बाइ भएको कर्नर सोफाको मूल्य ३२ हजार रुपैयाँ पर्दछ भने ६ इन्चको फोमको प्रयोग गरिएको हुन्छ । यस सोफामा ५ देखि ७ वर्षसम्मको वारेन्टी दिइने गरिन्छ । यसमा प्रयोग भएको उत्तिसको काठ २० वर्षसम्म टिकाउ हुने गर्दछ । १६/१६ साइजको कुसन र ४ वटा मुढा सँगै आउने गर्दछ । घरमा धेरै जना पाहुना आउँदा ती मुढाहरू प्रयोगमा ल्याउन सकिन्छ । माछा ह्यान्डल सोफ : दायाँ र बायाँतिरको साइज माछा  आकारको हुने भएकाले यसलाई माछा ह्यान्डल सोफा भनिएको हो । यसको मूल्य ५० हजार रुपैयाँसम्म पर्ने गर्दछ । यसमा पनि दायाँतर्फ ३ र बायाँतर्फ २ सिट गरी जम्मा ५ वटा सिट हुने गर्दछ । देवान सोफा : एउटा मात्रै सिट हुने यस सोफाको मूल्य १० हजार रुपैयाँसम्म पर्ने गर्दछ । यस्तो सोफाको प्रयोग प्रायजसो घरमा हुने गर्दछ । यसमा ९ इन्चसम्मको फोमको प्रयोग भएको हुन्छ भने ग्राहकको चाहनाअनुसारका रंगको कपडा प्रयोग गर्न सकिन्छ । डायमन्ड हाता सोफा : यस सोफामा र्‍यागजिन र कपडाको प्रयोग गरिएको हुन्छ । यसको लम्बाइ र चौडाइ साढे ७/साढे ९ फिटको हुन्छ । यसमा पनि दुवैतर्फ गरी ५ वटा सिट रहेको हुन्छ । यसको मूल्य सामान्यतया ५० हजार देखि ५५ हजार रुपैयाँसम्म पर्ने गर्दछ । चाबीहाता सोफा : चाबीहाता सोफामा सामान्यतया दायाँतर्फ २ र बायाँतर्फ ३ सिट गरी कुल ५ सिट हुने गर्दछ । २ सिटतर्फ साढे ६ र ३ सिटतर्फ साढे ८ फिट लम्बाइ हुन्छ भने ५ इन्चको फोम प्रयोग गरिएको हुन्छ । यस्तो खाले सोफा खरिद गर्दा टी टेबल पनि सँगै आउँछ भने यसको मूल्य ३५ हजार रुपैयाँसम्म पर्ने गर्दछ ।

नयाँ सवारी किन्दा के कुरामा ध्यान दिने ?

यदि राम्रो ब्राण्डको मोटरसाइकल किन्ने पैसा छैन भने बरु सोहि पैसाले राम्रो ब्राण्डको स्कुटर किन्नु नै फाइदाजनक हुनेछ ।  तर मुल्य र छुटको आधारमा भने खरिद गर्नु भनेको सहि सवारी छनौट गर्न चुक्नु जस्तै हो ।