टीकापुर घटनामा दोषी ठहर भएकाहरु राजबन्दी भएको दाबी गर्दै रिहाईको मागसहित आन्दोलनको घोषणा भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी टीकापुर थरुहट÷थारुवान विद्रोह राजबन्दी रिहाइ राष्ट्रिय अभियानले आन्दोलनको घोषणा गरेको हो ।
२१ वटा विभिन्न संघसंस्थाहरू अभियानको पक्षमा रहेको उल्लेख गर्दै संयोजक सुरेन्द्र चौधरीले आन्दोलनको कार्यक्रम घोषणाबारे जानकारी दिएका हुन् । पहिलो र दोस्रो चरणको अभियान नाम दिइएको आन्दोलनको कार्यक्रममा विभिन्न पक्ष र क्षेत्रका व्यक्तिहरुसँग अन्तक्रिया गर्ने, प्रदर्शन गरी सिडिओहरुलाई ज्...