संघर्षरत उखु किसानहरुले पुनः राजधानी (काठमाडौं) केन्द्रित आन्दोलनको घोषणा गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संयुक्त किसान संघर्ष समितिले भदौ ५ गतेसम्म किसानहरुको बाँकी सम्पूर्ण भुक्तानी दिन सरकारलाई अल्टिमेटम दिँदै आन्दोलनको घोषणा गरेको हो । यदि भदौ ५ गते भित्र पनि बक्यौता बाँकी रहेका किसानहरुले उखुको भुक्तानी नपाए, पुनः राजधानी केन्द्रित आन्दोलन चर्काउने संघर्ष समितिले जनाएको छ । तर, यसपटकको आन्दोलन पहिले पहिलेको जस्तो नभएर निर्णायक हुने समेत संघर्ष समितिले पत्रकार सम्मेल