महोत्तरी- मनरासिस्वा नगरपालिकाको प्रारम्भिक मतगणनाको नतिजामा नेकपा एमालेले अग्रता लिएको छ । मेयर पदको लागी नेकपा एमालेले ४६६ मत प्राप्त गरेसँगै निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसले ४५२ मत प्राप्त गरेको छ । त्यसैगरी लोसपाले १४७, जसपाले २८५ मत प्राप्त गरेका निर्वाचन कार्यालय मनरासिस्वाले जनाएको छ । उपमेयरमा भने नेपाली काङ्ग्रेसले ४४३ मत ल्याएर अग्रता लिएको छ […]