इँटा भट्टाको पर्खाल खस्दा एक मजदूरको मृत्यु, दुई घाइते

सप्तरी– सप्तरीको रुपनीस्थित विशाल इँटा भट्टाको पर्खाल खसेर एक जना मजदुरको मृत्यु भएको छ। दुई जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा इँटा भट्टामा कार्यरत सप्तरीको जगमोहनकी ४७ वर्षीया जतरीदेवी सदा रहेकी छन्। गम्भीर घाइते भएकी सदाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काप्लेले जानकारी दिएका छन्। […]

सम्बन्धित सामग्री

अस्थायी आवासमा आगो लाग्दा आठ मजदूरको मृत्यु

एजेन्सी । सेभास्टोपोल नजिक निर्माणस्थलमा कामदारका लागि बनाइएको अस्थायी आवासमा आगलागी हुँदा आठ जना मजदूरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । आज बिहान सवेरै अस्थायी आवासमा आगो सल्किएको र त्यसको कारण स्पष्ट भइनसकेको स्थानीय आकष्मिक सेवाका कर्मचारीलाई उद्धृत गर्दै रिया नोवोस्तीले जनाएको छ । आगो दुई सय वर्ग मिटर क्षेत्रफलमा […]

अहमदाबादमा निर्माणाधीन बिल्डिङको लिफ्ट चुडिँदा ७ मजदूरको मृत्यु

भारतको अहमदबादमा एक निर्माणाधीन बिल्डिङको लिफ्ट (एलिभेटर) चुँडिएर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्। घटना बुधबार बिहानको हो। भारतीय सञ्चारमाध्यमले जनाएअनुसार बिल्डिङको नवौं तलामा निर्माणको काम भइरहेको थियो। मजदूरहरु लिफ्टबाटै सामान ओसार्दै थिए। सोही क्रममा लिफ्ट चुँडिएको हो। लिफ्ट सातौँ तलामा पुग्नासाथ चुडिँएर खसेको थियो। लिफ्टमा ८ जना […]

करेन्ट लागेर पर्सामा एक मजदूरको मृत्यु, एक घाइते – देशसञ्चार

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुरमा रहेको सर्वोत्तम स्टिलमा बुधबार करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

सिरहामा गेट ढलेर लाग्दा मजदूरको मृत्यु

सिरहामा व्यरिङ्ग गेट ढलेर टाउकोमा चोट लाग्दा एक मजदूरको मृत्यु भएको छ ।  गोलबजार नपा ४ चोहर्वामा रहेको राजेश श्री इन्टरप्राइजेजमा कार्यरत गोलबजार नपा ११ बलकवाका २५ वर्षीय सुरज सदायको मृत्यु भएको हो ।  ट्याक्टरबाट सिमेन्ट गोदाममा थन्क्याएर गेट बन्द गर्ने क्रममा लिकबाट गेट छुट्टिएर टाउकोमा लाग्दा मृत्यु भएको हो । टाउकोमा चोट लागेर गम्भिर घाइते सदायलाई उपचारको लागि अस्पताल लानेक्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोल बजारका प्रमुख इन्सपेक्टर राजु केसीले जानकारी दिए ।

दाङमा कोइलाखानीमा च्‍यापिएर मजदूरको मृत्यु

२७ मंसिर, दाङ। दाङमा कोइलाखानीमा च्यापिँदा एक जना मजदूरको मृत्यु भएको छ । सोमबार घोराही उपमहानगरपालिका-१ दाङ्जा भन्ने स्थानमा रहेको पशुपति कोइलाखानी उद्योगमा काम गर्ने घोराही-१९ निवासी ४६ वर्षीय भक्तबहादुर घर्तीको मृत्यु भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार खानीको सुरुङभित्र च्यापिँदा गम्भीर घाइते भएका घर्तीको राप्ती […]

सर्वोत्तम स्टिलमा करेन्ट लागेर १६ वर्षीय मजदूरको मृत्यु

वीरगञ्ज– वीरगञ्जमा रहेको सर्वोत्तम स्टिल प्रालिमा कार्यरत एक भारतीय मजदूरको करेन्ट लागेर मृत्यु भएको छ। वीरगञ्ज–२२ जगरनाथपुरस्थित सर्वोत्तम स्टिल प्रा.लिमा काम गर्ने भारतीय कामदार १६ वर्षीय सचिन कुमारको मृत्यु भएको प्रहरीले जनाएको छ। मंगलबार कारखानामा रहेको गेलेन्डर मेशिन चलाउने क्रममा अचानक विद्युत् सर्ट भइ करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए। घाइते भएका सचिनको उपचारको […]

भट्टी पड्किएर घाइते भएका ५ मजदूरको मृत्यु

वीरगञ्जस्थित सर्वोत्तम स्टिल उद्योगमा फलाम गलाउने क्रममा भट्टी पड्किएर घाइते भएकामध्ये पाँच मजदूरको मृत्यु भएको छ ।  यही भदौ १० गते सो उद्योगमा फलाम गलाउने क्रममा भट्टी पड्किँदा १५ मजदूर घाइते भएका थिए । तीमध्ये गम्भीर घाइते भएका ६ जना मजदूरलाई उपचारका लागि विहारको पटनास्थित एपोलो अस्पतालमा लगिएको थियो । उपचारका क्रममा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मृत्यु हुनेमा भारतको विहारका ५२ वर्षीय विनोद पाण्डे, २७ वर्षीय गगन नायक, उत्तर प्रदेशका

जगदम्बा स्टीलमा आगलागी, २ जना भारतीय मजदूरको मृत्यु

असार ६, वीरगञ्ज । बाराको सिमरास्थित जगदम्बा स्टिल प्रालिमा आगलागी हुँदा दुई भारतीय मजदूरको मृत्यु भएको छ ।  शनिवार साँझ उद्योगमा रहेको फर्नेस आयलको ट्यांकी मर्मत गर्नेक्रममा भएको आगलागीमा उद्योगका कामदारको मृत्यु भएको हो । उद्योगका सञ्चालक पवन गुप्ताका अनुसार फर्नेस आयलको ट्यांकी मर्मतका क्रममा वेल्डिङको झिल्का उछिट्टिएर आगलागी भएको थियो । आगोले जलेर मृत्यु हुनेमा भारतको बिहारस्थित पश्चिम चम्पारणका ४० वर्षीय प्रदीप गौण र बिहारकै सिवान जिल्लाका ४५ वर्षीय रामनाथ महतो रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताए ।  आगलागीमा चार जना घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुई ओटा दमकलले एक घन्टा लगाएर आगो नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । यो उद्योगमा यस्ता दुर्घटना हुँदै आएका छन् । केही समयअघि कवाडी फलाम गलाउने भट्टी विस्फोट हुँदा एकजना मजदूरको मृत्यु भएको थियो । त्यसबेला दुई जना कामदार घाइते भएका थिए ।

त्रिशूलीमा खसेका एक मजदूरको मृत्यु, दुई जना बेपत्ता

चितवन / भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्ने क्रममा त्रिशूलीमा खसेका मजदूरमध्ये एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । सोही क्रममा दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयलयका अनुसार मृत्यु हुनेमा भारतको बेतिया जिल्ला घर भएका ४३ वर्षीय विजय यादव रहेका छन् । उनको उपचारका क्रममा... The post त्रिशूलीमा खसेका एक मजदूरको मृत्यु, दुई जना बेपत्ता appeared first on Purbeli News.

घाइते मजदूरको मृत्यु, गोली प्रहारमा छोराकै संलग्नताको आशंका

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ स्थित मणिग्राममा बुधबार बेलुका गोली प्रहारबाट घाइते व्यक्तिको आज मृत्यु भएको छ। भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइसेन्समा उपचार गराइरहेका घाइते रामकेश धवलको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए। प्रहरीले आक्रमणको घटनामा धवलकै छोराको संग्लनता हुनसक्ने आशंकामा अनुसन्धान सुरू गरेको छ।…