जगदम्बा स्टीलमा आगलागी, २ जना भारतीय मजदूरको मृत्यु

असार ६, वीरगञ्ज । बाराको सिमरास्थित जगदम्बा स्टिल प्रालिमा आगलागी हुँदा दुई भारतीय मजदूरको मृत्यु भएको छ ।  शनिवार साँझ उद्योगमा रहेको फर्नेस आयलको ट्यांकी मर्मत गर्नेक्रममा भएको आगलागीमा उद्योगका कामदारको मृत्यु भएको हो । उद्योगका सञ्चालक पवन गुप्ताका अनुसार फर्नेस आयलको ट्यांकी मर्मतका क्रममा वेल्डिङको झिल्का उछिट्टिएर आगलागी भएको थियो । आगोले जलेर मृत्यु हुनेमा भारतको बिहारस्थित पश्चिम चम्पारणका ४० वर्षीय प्रदीप गौण र बिहारकै सिवान जिल्लाका ४५ वर्षीय रामनाथ महतो रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताए ।  आगलागीमा चार जना घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुई ओटा दमकलले एक घन्टा लगाएर आगो नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । यो उद्योगमा यस्ता दुर्घटना हुँदै आएका छन् । केही समयअघि कवाडी फलाम गलाउने भट्टी विस्फोट हुँदा एकजना मजदूरको मृत्यु भएको थियो । त्यसबेला दुई जना कामदार घाइते भएका थिए ।   

सम्बन्धित सामग्री

सडक निर्माणका क्रममा सुक्खा पहिरोले पुरिएर २ जना मजदूरको मृत्यु

जेठ १८, संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ ।  चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिरोले पुरिएर दुई मजदूरको मृत्यु भएको हो ।  मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का २० वर्षीय हिमबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।  बुधवार बिहान ११ बजे चैनपुर–नुनढाकी सडकखण्डमा तारजाली लगाउने क्रममा ३० मिटरमाथिबाट खसेको सुक्खा पहिराले पुरिएर धरानका राई र उदयपुरका मगरको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले बताए ।  चैनपुरको सिद्धपोखरीदेखि नुनढाकीसम्मको १९ किलोमिटर अमर कन्ट्रक्सन कम्पनीले सडक निर्माण गरिरहेको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ गएको छ । रासस

कालिम्पोङमा पहिरो जाँदा १ जनाको मृत्यु, २ जना बेपत्ता

भारतको पश्चिम बंगालमा रहेको कालिम्पोङमा अविरल वर्षापछि पहिरो जाँदा एकजना आप्रवासी मजदूरको मृत्यु भएको छ भने दुई अन्य व्यक्ति हराइरहेका छन् ।  अधिकारीहरूका अनुसार, मृतक अधबैंसे मजदूरको रांग्पो नजिक सेवोके–रांग्पो रेलवे परियोजनामा रातिको ड्ुटी गरिरहेको बेलामा शिविरमा पहिरो र पत्थरहरू खसेर मृत्यु भएको थियो । उक्त शिविरमा रहेका अन्य दुई मजदूरहरू हराइरहेका छन् । उद्धारकार्यमा कठिनाइ आएको छ किनकि मुसलधारे पानी थामिएको छैन ।  पहिरो र पत्थरका कारण सिक्किम र दार्जीलिङका केही भागलाई जोड्ने नेसनल हाइव...