म दौरासुरुवालको बिरोधी होइन, लगाउने अवसर मात्र नजुरेको

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू दौरा सुरुवालको बिरोधी नभए पनि लगाउने अवसर नजुरेकको भन्दै दौरा सुरुवाल आम नेपालीको पहिरन जस्तो भएकाले पनि त्यसलाई स्वीकार गरेको बताउनुभएको छ । प्रतिनिधिसभामा विश्वासको मत लिन दौरा सुरुवाल कोटमा उपस्थित प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “म दौरा सुरुवाल कोटको विरोधी होइन तर, त्यो लगाउने अवसर जुरेको थिएन ।” प्रतिनिधिसभाको बैठकमा विश्वासको …

सम्बन्धित सामग्री

हिमपातसँगैको वर्षाले सोलुखुम्बुका किसान हर्षित

लामो समय खडेरीको मार खेपेका जिल्लाका किसान वर्षाद तथा हिमपातपछि गहुँबालीलाई फाइदा भएको तथा अन्य अन्नबाली लगाउने अवसर मिलेकामा हर्षित भएका हुन्।...

वीरगञ्जमा पहिलो पटक ‘रात्रि बजार’ लगाउने तयारी

वीरगञ्ज – अर्थतन्त्रलाई चलायमान बनाउन नयाँ वर्षको अवसर पारेर वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमै पहिलो पटक ‘रात्रि बजार’ लगाउने भएको छ । यही चैत ३० गते बेलुकादेखि २०८० वैशाख २ गते मध्यरातिसम्म वीरगञ्जको आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्म ‘रात्रि बजार’ लगाइने महानगरपालिकाले जनाएको छ । वीरगञ्जवासीको सपना साकार पार्ने सङ्कल्पअनुरुप वीरगञ्जमै पहिलो पटक ‘रात्रि बजार’ लगाउन लागिएको महानगर […]

म प्रधानमन्त्रीको ‘रेस’मा छैनः अध्यक्ष दाहाल

उनले भने, ‘मैले प्रधानमन्त्रीका निम्ति सबै चिज दाउमा लगाउने काम कहिल्यै पनि गरेको छैन।’ आफूले गठबन्धनबाट देशको नेतृत्व गर्ने अवसर पाए जिम्मेवारी लिने कुरा मात्रै गरेको बताए। उनले भने, ‘तपाईहरुले सुने जस्तो गठबन्धनभित्र कुनै कुरा भएको छैन।’...

भाइटीकामा परदेशीको पीडा : घर परिवारको याद र पीडा भुल्न एकापसमै टीका

तिहार दिदीबहिनी तथा दाजुभाइका लागि विशेष पर्व हो । जति टाढा भएपनि वर्ष दिनमा भेट हुन नसकेको दाजुभाइ र दिदीबहिनीलाई भेट्ने अवसर पनि तिहारमै हुन्छ । विदेशमा रहेका लाखौं नेपालीका लागि भने त्यो अवसर कमै जुर्छ । उनीहरु त निधार खाली नहोस् भनेर आफ्नै साथीभाइलाई दाजुभाइ दिदीबहिनी मानेर टीका लगाउने गर्छन् ।सल्यान, खलंगाकी ३४ वर्षीया कृष्णाकुमारी सुनारलाई आफ्नै दाजुभाइलाई तिहारमा टीका लगाउन नपाएको तीन वर्ष भयो ।वैदेशिक रोजगारीका लागि कुबेतमा रहेकी उनले उतै आफ्नै साथीभाइलाई दाजुभाइ मानेर टीका लगाउने गरेकी

वार्षिक करोडौंको चुरा लगाउँछन् नेपाली महिला, के छ यसको वैदिक महत्व ?

नारीहरुको सदावहार सौन्दर्य प्रसाधनमध्ये एक हो, चुरा । बिहेकार्जे, चाडपर्व वा औपचारिक कार्यक्रममा मात्र हैन, सामान्य अवस्थामा पनि नाडीमा चुरा लगाउने गरिएको छ । चुरा लगाउन कुनै विशेष अवसर पर्खिनु पर्दैन । यद्यपि साउनमा चुरालाई नारी आभूषणसँग मात्र नभई धार्मिक आस्थासँग पनि जोड्ने गरिन्छ । अतः यसबेला चुराको खपत अरु बढी हुन्छ । वर्षभरको तथ्यांकले […]

खाद्यान्न उत्पादनमा अवसर

विश्व आपूर्ति व्यवस्थामा परेको असरका कारण खाद्य सुरक्षामा समस्या देखापरेपछि विभिन्न देशले खाद्यान्न निर्यातमा प्रतिबन्ध लगाउने क्रम शुरू गरेका छन् । छिमेकी मुलुक भारतले पनि गहुँ तथा चिनीको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ । तत्काल खाद्यसंकट समाधान गर्ने अन्य उपाय नभएकाले अझै कुनकुन खाद्य वस्तुमा विदेशी मुलुकले प्रतिबन्ध लगाउने हुन् यकिन छैन । नेपालजस्तो खाद्यान्नमा परनिर्भर मुलुकका लागि यो निकै ठूलो चुनौती बन्न सक्ने देखिन्छ । नीति तथा कार्यक्रममा खाद्यान्न उत्पादन वृद्धिका लागि अवसरका रूपमा लिने योजना नआए पनि बजेटमा भने उत्पादन वृद्धि गर्ने अवसर खेर नफाल्ने गरी कार्यक्रम ल्याउनुपर्छ । अहिले देखिएको समस्या तत्काल समाधान हुने छाँट पनि छैन, किनकि जुनसुकै खाद्यान्न बालीको उत्पादनका लागि निश्चित अवधि कुर्नुपर्छ नै । अर्को बाली उत्पादन नहुँदासम्म समस्या पर्ने भएकाले नेपालले नयाँ नीति लिन सक्ने अवसर भने अहिलेको संकटले ल्याइदिएको छ । नेपालले खाद्य सुरक्षामा विशेष रणनीति नअपनाए मुलुक मूल्य वृद्धि र खाद्यसंकटको गम्भीर समस्यामा फस्न सक्ने संकेत देखिएकाले तत्काल ठोस कार्यक्रम सञ्चालन गरिहाल्नुपर्ने देखिएको छ । नेपालको आन्तरिक उत्पादन अपर्याप्त भएकाले खाद्य वस्तु आयात गर्न नपाए खाद्यसंकट गहिरिन सक्छ । साथै, खाद्यान्नको मूल्य आकाशिएपछि गरीबी थप बढ्ने तथा बचत प्रभावित हुने भएकाले समग्र अर्थतन्त्र नै समस्यामा पर्न सक्छ । यस्तोमा नेपालले आफूलाई चाहिने अत्यावश्यक खाद्य सामग्रीमा आत्मनिर्भर हुने गरी नीति बनाउन ढिला गर्नु हुँदैन । आगामी आइतवार आर्थिक वर्ष २०७९/८० का लागि नयाँ बजेट संसद्मा प्रस्तुत हुँदै छ । संसद्मा प्रस्तुत भएको नीति तथा कार्यक्रमले कृषिलाई प्राथमिकता दिने बताए पनि नयाँ कार्यक्रम नल्याएकाले यो शब्दाडम्बरमै सीमित हुने सम्भावना छ । त्यसैले बजेटमा प्रभावकारी कार्यक्रम ल्याएर कृषिलाई उच्च प्राथमिकता दिन आवश्यक छ । कुनै पनि मुलुकले खाद्य सुरक्षालाई उच्च प्राथमिकता दिने गरेको पाइन्छ । यसका लागि उत्पादन बढाउन विभिन्न खाले कार्यक्रम सञ्चालन गरेको पाइन्छ । नेपालले पनि केही कार्यक्रम नल्याएको होइन तर त्यसबाट वास्तविक किसान लाभान्वित हुन सकेका छैनन् भने केही पहुँचवाला र टाठाबाठाले नक्कली फर्म खडा गरेर फाइदा लिएको पाइन्छ । त्यसैले कृषिमा विद्यमान समस्यालाई सही तरीकाले सम्बोधन गर्न ढिला गर्नु हुँदैन । मल, बीउ, सिँचाइ आदिको अभावले मात्र नेपालको कृषिलाई पिरोलेको होइन । मूलत: बजारको उचित व्यवस्थापन नहुनु नै कृषि अगाडि बढ्न नसक्नुको कारण हो भन्न सकिन्छ । यस विषयमा जति नै कुरा उठे पनि सरकारले खासै काम गरेको पाइँदैन । सरकारले खाद्यान्न विक्रीका लागि नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका विक्री डिपोहरू दुर्गम गाउँमा खोलेको छ तर खरीद डिपो भने छैन । सरकारी कम्पनीले दुर्गम जिल्लामा सिमी, दाललगायत केही वस्तु खरीद गरेको त पाइन्छ तर त्यो पर्याप्त छैन र त्यसले बजारको सुनिश्चितता गरेको छैन । त्यस्तै, धान तथा गहुँ पनि समयमै नकिनिदिँदा किसान सरकारले तोकेको भन्दा सस्तो दरमा व्यापारीलाई आफ्नो उत्पादन बेच्न बाध्य छन् । सरकारी कम्पनीले खरीदको राम्रो व्यवस्था गरेको भए अहिले गहुँको मूल्य बढेका बेला नेपाली खाद्य प्रशोधन उद्योग र उपभोक्ताले लाभ लिन सक्थे । अझ, खाद्य भण्डारणको राम्रो व्यवस्था गरिदिने, भण्डारण गरिएको खाद्यान्नको भर्पाईका आधारमा किसानले बैंकबाट ऋण लिन सक्नेजस्ता व्यवस्था गरिदिएको भए किसानहरू उत्पादनको मूल्य नपाएर आत्तिने अवस्था आउने थिएन । बजार सुनिश्चितताले किसानलाई ढुक्क भएर उत्पादन गर्न प्रोत्साहित गर्न सक्छ भन्ने भुल्नु हुँदैन । बजार अभावलगायत समस्याले यतिखेर ग्रामीण पहाडी बस्तीका खेतीयोग्य जमीन बाँझै छन् । त्यसैले अब यस्ता जमीनमा खेती गरी उत्पादन बढाउने अवसरका रूपमा लिन सक्नुपर्छ । बाँझो जमीनमा खेती गर्न थाल्ने हो भने आगामी वर्ष आउने यस्ता समस्यासँग जुध्न सहज हुन्छ । तर, यसका लागि काम गर्ने सोच, जाँगर र योजना चाहिएको छ । गाउँमा उत्पादन गरेको खाद्य वस्तु गाउँघरमै विक्री हुने हो भने अहिले खाद्य कम्पनीका गोदाममा थुप्रिने विदेशी चामलको साटो नेपाली उत्पादन हुन्थ्यो । मूलत: यस्तो व्यवस्थाले गाउँघरमा उत्पादन वृद्वि गर्न प्रोत्साहित गर्छ । त्यसैले आगामी बजेटमा यसलाई सम्बोधन गर्ने खालको कार्यक्रम नल्याए मुुलुक खाद्य संकटको भुमरीमा नफस्ला भन्न सकिँदैन । केही दिनअघि सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा खाद्यान्न उत्पादन वृद्धिका लागि अवसरका रूपमा लिने योजना नआए पनि बजेटमा भने उत्पादन वृद्धि गर्ने अवसर खेर नफाल्ने गरी कार्यक्रम ल्याउनुपर्छ ।

नर्भिकमा स्तन क्यान्सर भए नभएको पत्ता लगाउने परिक्षण गर्दा विशेष छुट

स्तन क्यान्सर पत्ता लगाउने परीक्षण विधि म्यामोग्राम गराउनेहरुका लागि नर्भिक इन्टरनेशनल हस्पिटलले अक्टोबर महिनाभरि छुट दिने भएको छ । ब्रेस्ट क्यान्सर(स्तन क्यान्सर) अवेयरनेस महिनाको रुपमा अक्टोबरलाई मनाउने गरिन्छ । यही अवसरमा नर्भिक अस्पतालले स्तन क्यान्सर भए नभएको पत्ता लगाउने आधुनिक परीक्षण विधि म्यामोग्राम गराउँदा लाग्ने शुल्कमा २० प्रतिशतको छुट दिने भएको हो । अक्टोबर महिनाभरि म्यामोग्राम गराउँदा नर्भिकमा २० प्रतिशत छुट पाइने अस्पतालले जनाएको छ । अस्पतालको प्यासेन्ट सर्भिस डिपार्टमेन्टका प्रमुख अंकित अग्रवालले विशेष छुटको स्किम ल्याएर स्तन क्यान्सर सचेतना महिनालाई विशेष बनाउन खोजेको बतए । नर्भिकले यस्ता विशेष अवसर, चाडपर्व लगायतमा समेत छुटको विशेष प्याकेज घोषणा गर्दै आइरहेको छ ।

देउवालाई सच्चिने र सच्याउने अवसर

दुई तिहाइ ल्याइहाल्यौं भनेर धक्कु लगाउने सरकारले केही गर्न र आफ्नो सत्ता टिकाएर खान नसकेको ठाउँमा एउटा सञ्जोगले यो मौका प्राप्त गर्नुभएको छ, राम्रो काम गर्नुहोस्, शुभकामना छ। धेरै राम्रो काम गरेर अघिल्ला कार्यकालहरूमा नसकेकारछुटेका काम गरेर देखाउनुहोस्, हाम्रो साथ र शुभकामना छ। तर धेरै राम्रो काम गर्न नसके पनि नराम्रो काम नगर्नुहोस्। प्रारम्भ अलि राम्रो देखिएको छैन।’ यो भनाइ राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं सांसद राजेन्द्र लिङदेनको हो।  प्रधानमन्त्री शेरबहादुर देउवाले साउन ३ गत

नेपाली वैज्ञानिक सक्षम छन् : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृतिप्रदत्त साधन स्रोत र पूर्वजका ज्ञानलाई उपयोग गर्न सके विश्वस्तरकै आविष्कार गर्न नेपाली वैज्ञानिक सक्षम रहेको बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को आज आयोजित सम्मान कार्यक्रममा प्रतिष्ठानका कुलपति ओलीले हरेक नागरिकलाई आफ्ना प्रतिभा पत्ता लगाउने र रुचिका विषयमा खोज अनुसन्धान गर्ने अवसर दिइनुपर्ने बताए । […]

प्रियजनहरूसँग एकसाथ खाना बाँड्दाको खुशी मनाउँदै ‘कोक र खाना’

काठमाडौं । हामीले कहिले पनि पूर्वानुमान गर्न नसक्ने तरिकाले कोभिड–१९ ले हाम्रो जीवनलाई परिवर्तन गरेको छ, तर यसले हामीलाई पछाडि फर्केरहाम्रो वरिपरिको संसार पुनःपत्ता लगाउने अवसर प्रदान गरेको छ । साथीहरू र परिवारसँग खानाखाने जस्ता साधारण चीजहरूले नयाँ महत्व पाएका छन् । यो अन्तर्दृष्टि कोका–कोलाको ‘कोक र खाना’ अभियानमा रुपान्तरण भएको हो जहाँ नेपालमा कोकको साथ खानाका क्षणहरूको आनन्द र खुशी मनाउन सकिने कम्पनीले जनाएको छ । र ‘खाना जे होला स्वाद बढाउन कोका–कोला&