काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृतिप्रदत्त साधन स्रोत र पूर्वजका ज्ञानलाई उपयोग गर्न सके विश्वस्तरकै आविष्कार गर्न नेपाली वैज्ञानिक सक्षम रहेको बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को आज आयोजित सम्मान कार्यक्रममा प्रतिष्ठानका कुलपति ओलीले हरेक नागरिकलाई आफ्ना प्रतिभा पत्ता लगाउने र रुचिका विषयमा खोज अनुसन्धान गर्ने अवसर दिइनुपर्ने बताए । […]