कर्णालीमा मुख्यमन्त्रीविरुद्ध मतदातन गर्न सांसदलाई ह्विप जारी गर्दै एमाले

३ वैशाख, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक सुरु भएको छ । दलका नेता यामलाल कँडेलको घरमा बैठक सुरु भएको एमालेका एक सांसदले अनलाइनखबरलाई बताए । बिहीबार नै ११ बजेका लागि बैठक बोलाइएको थियो । बैठकले पार्टीका सांसदलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध मतदान गर्ने ह्विप जारी गर्ने जनाइएको छ । आज प्रदेशसभा बैठकमा […]

सम्बन्धित सामग्री

राष्ट्रिय पोशाकमा शपथ लिन एमाले सांसदलाई निर्देशन

नेकपा एमालेले आफ्नो पार्टीबाट निर्वाचित सांसदहरुलाई बिहीबार हुने शपथ ग्रहणमा नेपाली पोशाक लगाएर आउन सर्कुलर जारी गरेको छ ।  पुस ७ गते दिउँसो १ बजे ज्येष्ठ सदस्यले पशुपति शमशेर राणाले प्रतिनिधिसभाका २७४ सांसदलाई शपथ ग्रहण गराउँदैछन् । नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले सपथ ग्रहणमा आउँदा राष्ट्रिय पोशाक लगाएर आउन पार्टीले मौखिक सर्कुलर गरेको बताए । ‘संसद सचिवालयले पनि राष्ट्रिय पोशाकमा उपस्थित हुन सूचना जारी गरेको छ । सोही अनुसार पार्टीले निर्देशन दिएको हो&rsq

संसद अवरोध जारी राख्न एमाले सांसदलाई ओलीको निर्देशन

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटा नेकपा एमाले फुटाउने षडयन्त्रमा लागेकाले संसद अवरोध जारी राख्न आफ्नो पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।  आइतबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले संसदीय मर्यादाभित्र रहेर संसद अवरोध जारी राख्न निर्देशन दिएका हुन् ।‘अवरोध गर्नुपर्छ । बढाइरहनुस्, यो जारी राख्नुस्’, ओलीले भने, नारा लगाउने र बेल घेर्ने भन्दा बाहिर नजानुुस् ।’ उनले श

एमाले संसदीय दलको बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलको बैठक जारी छ ।बानेश्वरस्थित संसद् भवनको लोत्सेहलमा बैठक जारी रहेको प्रमुख सचेतक विशाल भट्टरार्ईले जानकारी दिए । बैठकमा अध्यक्ष समेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले एमालेले संसदमा खेल्ने भूमिकाबारे ब्रिफिङ गरिरहेका छन् ।एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति चर्को असन्तुष्टि जनाउँदै आएको छ । माधवकुमार नेपालसहितका १४ जना सांसदलाई पार्टीले गरेको कारबाहीलाई सभामुख सापकोटाले वेवास्ता गरेको भन्दै एमालेले सर्वोच्चमा मुद्दा नै हालेक

ओलीकाे भ्याकेट निवेदनमा पुन: म्याद जारी गर्न आदेश

काठमाडाैँ – फ्लोर क्रस गरेर कर्णाली प्रदेशमा माओवादी (महेन्द्रबहादुर शाही) नेतृत्वको सरकार जोगाइदिने चारजना एमाले सांसदलाई सर्वोच्च अदालतले पुनः म्याद जारी गरेको छ। कर्णाली प्रदेशका चार सांसदमाथि गरेको कारबाहीमा सर्वोच्चले रोक लगाएपछि एमालेले दिएको भ्याकेट निवेदनमा सुनुवाई गर्दै अदालतले पुनः म्याद जारीको आदेश गरेको हो। एमाले अध्यक्ष ओलीले सर्वाेच्चमा आफै भ्याकेट निवेदन दिएका थिए। न्यायाधीश […]

एमाले केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं, १९ असार । सत्तारूढ दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक जारी बैठकमा महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव पेश गरेका छन् । हिजो बसेको बैठकले माधव नेपाल पक्षधर २३ जना सांसदलाई शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ताको लागि सोमबारसम्मको लागि समय दिईएको छ। तर, नेपाल पक्षले भने कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नलिने बताईसकेको […]

सर्वोच्चले बोलायो कर्णालीका चार सांसदलाई

काठमाडौं। सर्वोच्च अदालतले कर्णालीका चार सांसदलाई अदालतमा उपस्थित हुन आदेश जारी गरेको छ। एमाले अध्यक्ष केपी ओलीले दिएको भ्याकेट निवेदनमाथि सुनुवाई गर्दै अदालतले ह्वीप उलंघन गरेका कर्णाली प्रदेशका ४ जना सांसदलाई जवाफसहित उपस्थित हुन आदेश दिएको हो। न्यायाधीश डा आनन्दमोहन भट्टराई र हरि फुँयालको इजलासले सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर शाही र कुर्मराज शाही उपस्थित हुन भनेको हो।

सर्वोच्चको आदेशविरुद्ध एमाले ‘भ्याकेट’ मा जाने

कर्णाली प्रदेशसभाका चार सांसदलाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि सत्तारुढ दल नेकपा एमाले उक्त आदेशविरुद्ध पुनरावलोकन (भ्याकेट) मा जाने भएको छ ।नेकपा एमाले एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले उक्त आदेशविरुद्ध पार्टी पुनरावलोकनमा जाने निश्चित रहेको बताए । उनले यसका लागि छलफल जारी रहेको भन्दै केही दिनभित्रै टुंगोमा पुग्ने जानकारी दिए ।‘हो हामी भ्याकेटमा जाँदैछौं, त्यसका लागि आवश्यक तयारी गर्नुपर्ने हुन्छ, त्यो तयारी भइरहेको छ’, एमाले प्रवक्ता ज्ञवालीको भनाइ छ ।गत

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेद्वारा ह्वीप जारी

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदलाई नेकपा एमालेले ह्वीप जारी गरेको छ। भोलि संसदमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदैछन्। त्यसको पूर्वसन्ध्यामा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान २०७७ को धारा २४ अनुसार ह्वीप जारी गरेका हुन्।

मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न एमाले कर्णाली प्रदेशको ह्विप

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध मतदान गर्न एमालेले सांसदलाई ह्विप जारी गरेको छ। एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले पार्टीका १९ जना सांसदलाई मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न ह्विप जारी गर्ने निर्णय गरेको प्रमुख सचेतक गुलाबजंग शाहले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए।बिहान ११ बजेबाट एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक दलका नेता यामलाल कँडेलको घरमा बसेको थियो। सचेतक शाहले पार्टीका सबै सांसद बैठकमा उपस्थित भएको जानकारी दिए।यता, नेपाली कांग्रेस कर्णाली प्