गलेश्वर – घर अगाडिको सडकमा सवारी साधन गुडिरहन्छन्। सवारी साधनमा मानिस कम र खाद्यान्नलगायत अन्य उपभोग्य र निर्माण सामग्री बढी हुन्छन्। सडकबाट धेरै जसो घरमा ताल्चा लगाइएको र घरवरिपरि वनमाराको झाडी देखिन्छ। यो दृश्य पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ मा पर्ने दिच्याम गाउँको हो। यहाँका दिच्याम, निस्कोट, रुम, देविस्थानलगायत गाउँमा हिजोआज यस्तो दृश्य देखिन थालेको छ। […]