धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकी तथा अत्तरियादेखि त्रिनगर–गौरिफन्टा नाकासम्म सिसिटिभी जडान गर्ने योजना ल्याएको थियो।प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कार्यान्वयन गर्ने गरी २ करोडभन्दा बढी बजेट रहेको उक्त योजनाको सम्झौता गत जेठमा मात्रै भएको छ।मन्त्रालयले बजेट सिध्याउनकै लागि आर्थिक वर्षको अन्त्यमा आएर हतार–हतारमा सम्झौता गरेको प्रदेश सभा सदस्य लीलाधर भट्टले बताए। बजेट सक्ने र काम अलपत्र अवस्थ