चैत २६,काठमाडौं । सरकारले रामनवमीको अवसरमा आइतवार सार्वजनिक विदा दिएको छ ।
गृह मन्त्रालयले शनिवार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा मुलुकभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।
सरकारको गत फागुन २४ गते मन्त्रिपरिषदको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।