मधेस प्रदेशमा भोलि पनि सार्वजनिक विदा

१३ कात्तिक, वीरगञ्ज । मधेस प्रदेश सरकारले सोमबार पनि सार्वजनिक विदा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले विज्ञप्ति जारी गर्दै कात्तिक १४ गते सोमबार पनि मधेश प्रदेशमा सार्वजनिक विदा दिएको जानकारी दिएको हो । संघीय सरकारले छठको मुख्य दिन अर्थात कात्तिक शुक्ल षष्ठीमा पर्ने ‘सझिया घाटे’को दिन मात्रै सार्वजनिक विदा दिने गरेको छ । […]

सम्बन्धित सामग्री

विवाह पञ्चमीमा मधेस प्रदेशमा सोमबार सार्वजनकि विदा

११ मंसिर, वीरगञ्ज । मधेस प्रदेश सरकारले सोमबार सार्वजनिक विदा दिएको छ । विवाह पञ्चमी महोत्सवको अवसरमा मधेस प्रदेश सरकारले सोमबार सार्वजनिक विदा दिएको हो । मुख्यमन्त्री लालबाबु राउतले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सोमबार सार्वजनिक विदा दिईएको जानकारी दिएका छन् । त्रेता युगमा सीता र श्रीरामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाह पञ्चमी […]

मधेस प्रदेशमा भोलि सार्वजनिक विदा

काठमाडौं, ११ मंसिर । सीताराम विवाह पञ्चमीको अवसरमा भोलि मधेस प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको छ । प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले विवाहको पञ्चमीको अवसरमा शुभकामना दिँदै सार्वजनिक बिदाको जानकारी पनि दिएका हुन् । हरेक वर्ष झै यस वर्षपनि जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी महोत्सवको आयोजना गरिएको छ। भोलि जानकी मन्दिर परिसरमा सीता र रामको स्वयंम्बर […]

७ दिनपछि आजबाट सरकारी कार्यालय खुल्दै, मधेशमा आज पनि सार्वजनिक विदा

तिहार र छठको विदापछि आजबाट सरकारकी कार्यालयहरु खुलेका छन्। तिहार, छठ र शनिवारको लागि कुल ७ दिनको विदापछि आजबाट सरकारी कार्यालयहरु खुलेका हुन् । सरकारले कार्तिक ७ गते लक्ष्मी पुजाको दिन देखि कार्तिक ११ गते अर्थात् भाईटिकाको भोलिपल्टसम्म विदा दिएको थियो । त्यस्तै कार्तिक १२ गते शनिवारको विदा परेको थियो भने कार्तिक १३ गते छठको विदा परेको थियो । यी सबै विदा सकिएपछि आजबाट कार्यालयहरु खुलेका हुन् ।मधेस प्रदेश सरकारले भने छठ पर्वका अवसरमा छठको अन्तिम दिन अर्थात् आज सोमबार पनि सार्वजनिक बिदा दिएको छ । सङ्घ सरकारले छठको तेस्रो दिन अर्थात् अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिने दिन बिदा मात्र दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिन पारन दिनसमेत प्रदेशमा बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशमा सोमबार सार्वजनिक बिदा रहेको जानकारी दिए ।सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ ।यस अवसरमा सूर्य पूजा र दर्शन गरी विवाहिता महिला, पुरुषले पति, पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर, वधु प्राप्तिको कामनाका लागि गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ । यो व्रतले मनले चिताएको पूरा हुने धेरै भक्तजनको विश्वास छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व शुक्रबारदेखि सुरु भएको हो । चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठ पर्व नसकिएसम्म बर्तालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । कार्तिक शुक्ल सप्तमीका दिनअर्थात् आज बिहान उदाउँदो सूर्यलाई पूजासहित अघ्र्य दिएपछि यो पर्व सम्पन्न भएको हो ।

आज सातै प्रदेशका मुख्यमन्त्री जनकपुरधाम जाँदै

काठमाडौं। सरकारले असार २६ गते देशभर सार्वजनिक विदा दिने भएको छ। नेपाल प्रहरीका ६ जना एसएसपीको सरुवा भएको छ। देशभरकै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री आज मधेस प्रदेशको राजधानी जनकपुरधाम आउन लागेका छन्। अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको छ। चाँगुनारायण नगरपालिका वडा नम्बर–४ दुवाकोट र हेटौंडा नगरपालिकामा हैजाका संक्रमित भेटिएका छन्।

मधेस प्रदेशमा आज होली मनाइँदै

काठमाडौं । तराई मधेशका जिल्लामा आज (शुक्रबार) होली पर्व हर्षोल्लासका साथ मनाइँदै छ । होलीको अवसरमा तराई मधेशका जिल्लामा आज सरकारले सार्वजनिक विदा दिएको छ । हिजो हिमाली र पहाडी जिल्लामा होली मनाइएको थियो । हिमाली पहाडी जिल्लामा र तराईका जिल्लामा एक दिनको फरकमा होली मनाउने चलाउने छ । तराई मधेसका जिल्लामा होली अर्थात् फागुलाई […]

मधेस प्रदेशमा आइतबार सार्वजनिक विदा

काठमाडौँ, २९ माघ। मधेस प्रदेश सरकारले आइतबार सार्वजनिक विदा दिएको छ। जनयुद्ध दिवसको अवसरमा प्रदेश सरकारले सावजानिक विदा दिएको हो। मधेस प्रदेश सरकारले पहिलोपटक अगामी फागुन १ गते मनाउन लागेको जनयुद्ध दिवसको अवसरमा एक दिन सार्वजनिक विदा दिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले जानकारी दिए। शुक्रबार साँझ उनले एक विज्ञप्ति जारी गर्दै फागुन […]

माओवादीको ‘जनयुद्ध दिवस’ मनाउन मधेस प्रदेशले दियो सार्वजनिक विदा !

तत्कालीन माओवादीले हिंसात्मक संघर्ष सुरु गरेको दिनलाई मधेस प्रदेशले ‘दिवस’ को मान्यता दिएको छ ।

मधेस आन्दोलनको १५ वर्ष पूरा, बलिदान दिवसका दिन आज मधेस प्रदेशमा सार्वजनिक विदा

जनकपुरधाम । मधेस आन्दोलनको आज १५ वर्ष पुरा भएको छ । प्रथम मधेश आन्दोलनको क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतो शहिद भएका थिए । प्रथम बलिदानीको सम्झनामा मधेसकेन्द्रित दल र प्रदेश सरकार माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएका छन् । लहानमा रहेको प्रथम शहिद महतोको शालिकमा विगतका वर्षहरुमा माल्यार्पण पश्चात […]

प्रदेशको नाम र राजधानी तोकिएको खुसियालीमा सार्वजनिक विदा

मधेस प्रदेश सरकारले मंगलबार प्रदेशभर सार्वजनिक विदा दिने घोषणा गरेको छ । प्रदेशको नाम र राजधानी तोकेको खुसियालीमा प्रदेश सरकारले मंगलबार प्रदेशभर सार्वजनिक विदा दिने घोषणा गरेको हो ।सोमबार बसेको प्रदेश सभा बैठकले मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय गरेको हो । यसको सोमबार २ पटक प्रदेशसभा बैठक बसेको थियो । पहिलो बैठकले स्थायी राजधानी जनकपुर टुंगो लगाएको हो । पहिलो बैठकमा भएको मतदानमा ७८ जनाले जनकपुरको पक्षमा मत दिएका थिए । दोस्रो बैठकले प्रदेशको नाम टुंगो लगाएको हो ।  दोस्रो बैठकमा उपस्थित ९९ प्रदेशसभा सांसद मध्ये ८० सांसदले मधेश प्रदेशको पक्षमा मतदान गरेका थिए । प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेशको नामाकरण गर्ने ब्यबस्था छ । स्थायी राजधानी जनकपुरको केन्द्र भई उत्तरमा ढल्केवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सिमाना कायम हुनेछ ।