गठबन्धन दलका तर्फबाट बुटवलको प्रमुखमा पाण्डेको उम्मेदवारी

बुटवल, १२ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि यहाँ नेपाली कांग्रेसका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । कार्यकर्ताका साथमा पालिकाका निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरिएको छ । बुटवल उपमहानगरपालिकाको प्रमुखमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका खेलराज पाण्डेले उम्मेदवारी दर्ता गराउनुभएको छ । आफ्ना कार्यकर्ताका साथमा आज उपमहानगरको निर्वाचन कार्यालयमा पुगेर पाण्डेले उम्मेदवारी दर्ता […]

सम्बन्धित सामग्री

जिल्ला समन्वय प्रमुखमा एकीकृत समाजवादी र एमालेको उम्मेदवारी

जिल्ला समन्वय समिति उदयपुरको प्रमुखमा गठबन्धन दलहरुको तर्फबाट नेकपा (एकीकृत समाजबादी)ले उम्मेदवारी दिएको छ। मंगलबार उम्मेदवारी दर्ता गर्दा एकीकृत समाजवादीसँग नेकपा (एमाले)ले प्रतिस्पर्धा गर्ने गरी मनोनयन परेको छ।...

जिसस चितवनको प्रमुखमा गोलाप्रथाबाट एमालेका अधिकारी विजयी

३१ जेठ, चितवन । जिल्ला समन्वय समिति (जिसस) चितवनको प्रमुखमा नेकपा एमालेका नारायण अधिकारी निर्वाचित भएका छन् । सत्ता गठबन्धन र एमालेबीच भएको निर्वाचनमा बराबर ७/७ मत आएपछि गरिएको गोलाप्रथाबाट एमालेका अधिकारी विजयी भएका हुन् । गठबन्धनबाट जिसस प्रमुखमा पूर्णबहादुर रानाभाट उम्मेदवार रहेका थिए । एमालेले उपप्रमुखमा उम्मेदवारी नदिँदा गठबन्धनबाट एकीकृत समाजवादीकी उम्मेदवार कल्पना काफ्ले […]

दैलेख जिससमा गठबन्धन पराजित, प्रमुखमा काँग्रेसका बागी उम्मेदवार विजयी

जिल्ला समन्वय समिति दैलेखको निर्वाचनमा प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका नमराज शाही विजयी भएका छन् । उनी नेपाली काँग्रेसका उपसभापतिसमेत हुन् । काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन बनाएर चुनावी मैदानमा रहे पनि बागी उम्मेदवारी दिएका शाही विजय भएका हुन् । उनलाई एमालेले सघाएको थियो । एमालेसँग १० मत मात्रै भए पनि शाही १३ मत ल्याएर विजयी भएका छन् । गठबन्धनका तर्फबाट काँग्रेसकी दुर्गा श्रेष्ठ नौ मत पाएकी थिइन् । उपप्रमुखमा एमालेका केशवबहादुर शाही विजयी भए । उनले ११ मत ल्याउँदा

जिसस सङ्खुवासभाको प्रमुखमा समाजवादीका शाक्य निर्वाचित

जिल्ला समन्वय समिति सङ्खुवासभाको प्रमुखमा सुमन शाक्य निर्विरोध निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवादी) का शाक्य पुनः दोस्रो पटक प्रमुखमा निर्वाचित भएका हुन् ।जिसस सङ्खुवासभाको प्रमुखमा सत्ता गठबन्धन दलले समाजवादीका शाक्यलाई उम्मेदवार बनाएको थियो । स्वतन्त्र उम्मेदवार राजेन्द्र घलेको उम्मेदवारी खारेज भएपछि समाजवादीका शाक्य निर्विरोध निर्वाचित भएका हुन् ।जिससमा प्रमुख, उपप्रमुखसहित सबै पदमा  गठबन्धनको प्यानल नै विजयी भएको हो  । नेकपा (एमाले) ले घलेलाई जिसस प्रमुखमा प्रस्ताव र समर्थन

सिन्धुपाल्चोकको साँगाचोकगढीमा माओवादी समाजवादीको गठबन्धन विजयी

काठमाडौँ – सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन विजयी भएको छ। माओवादीबाट प्रमुखमा उम्मेदवारी दिएका कृष्णप्रसाद सापकोटा र समाजवादीबाट उपप्रमुखमा उम्मेदवारी दिएकी सीता थापा विजयी भएकी हुन्। सापकोटाले ४३६१ मतान्तरले एमालेका मेयर उम्मेदवार इन्द्र नेपाललाई पराजित गरे। उनले ११०७२ मत ल्याए भने नेपालले ६७११ मत ल्याए। त्यस्तै नेपाली कांग्रेसका मेयर उम्मेदवार […]

संखुवासभाको खाँदबारी नगरप्रमुखमा ९ जनाको उम्मेदवारी दर्ता

संखुवासभा : संखुवासभामा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लाका १० वटै स्थानीय तहमा पाँच दलीय गठबन्धन, साना दल र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन्।खाँदबारी नगरपालिकाकाे प्रमुखका लागि स्वतन्त्र सहित ९ जनाको उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत शान्ति प्रसाद आचार्यले जानकारी दिए।खाँदबारी नगरपालिका प्रमुखमा पाँच दलीय गठबन्धनबाट नगर प्रमुखमा नेपाली कांग्रेसका महेश थपलिया, उपप्रमुखमा नेकपा माओवादी केन्द्रका दिब्यराज बरालले मनोनयन गराएका छन्।नगरप्रमुखका

धनगढी उपमहानगरको मेयरमा १० र उपमेयरमा ७ जनाको उम्मेदवारी दर्ता

कैलाली : सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढी उपमहानगरको प्रमुखमा १० जना र उपप्रमुखमा ७ जनाको उम्मेदवारी दर्ता भएको छ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सत्तारुढ गठबन्धन, नेकपा एमालेसहितका अन्य दल र स्वतन्त्रबाट गरि प्रमुख–उपप्रमुखमा कुल १७ जनाको उम्मेदवारी दर्ता भएको छ। धनगढी उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका नृपबहादुर वड…

वीरगञ्ज महानगर प्रमुखमा ठुला दलहरुको उम्मेदवारी दर्ता सोमबारमात्रै

स्थानीय तह निर्वाचन अन्तर्गत वीरगञ्ज महानगरपालिकाको प्रमुख, उपप्रमुख पदमा ठुला राजनीतिक दलका तर्फबाट सोमबारमात्र उम्मेदवारी दर्ता हुने भएको छ । सत्तारुढ गठबन्धन दलहरुबीच विभिन्न विषयमा सहमति जुटाउन बाँकी रहेको र पार्टीभित्रको आन्तरिक विवाद पनि सल्टाउनुपर्ने भन्दै ठुला दलहरुले सोमबार मात्रै उम्मेदवारी दर्ता गर्ने जनाएका हुन् ।गठबन्धनको तर्फबाट वीरगञ्ज महानगर प्रमुखमा जनता समाजवादी पार्टी नेपालका राजेशमान सिंहले उम्मेदवारी दिएका छन् । उनले सोमबार दिउँसो २ बजेमात्रै उम्मेदवारी दर्ता गर्ने जानकारी द