धनगढी: कैलालीका १३ स्थानीय तहमा बिहान ७ बजेदेखि मतदान भइरहेको छ। ९१ हजारभन्दा बढी मतदाता रहेको जिल्लामा करिब ५८ हजार मतदाताले मतदान गरिसकेका छन्। कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार मतदाताको सहभागिता उत्साहजनक रुपमा बढेसँगै मतदान सुरु भएको तीन घण्टाको अवधिमा ५८ हजार मतदाताले मतदान गरिसकेको बताए। मतदानस्थल र मतदान केन्द्रमा मतदाताको उल्लेख्य सहभागिता देखिएको मतदान अधिकृतहरुको भनाइ छ। मतदानका लागि पुरुष, महिला र अपाङ्ग लगायत अशक्तहरुका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था