सिमकोटः कोरोना सङ्क्रमणमुक्त भएको हिमाली जिल्ला हुम्लामा झण्डै आठ महिनापछि एक जनामा सङ्क्रमण देखिएको छ। लामो समयदेखि कोरोना सङ्क्रमित शून्य भएको जिल्लामा सोमबार एक पुरुषमा पोजिटिभ देखिएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ।
सिमकोट गाउँपालिका ५ का ५० वर्षीय एक पुरुष जिल्ला अस्पताल हुम्लामा उपचारका आउँदा शङ्का लागेर परीक्षण गर्दा…