वीरगञ्ज। पर्सामा आज एकै दिन १५६ कोरोना सङ्क्रमित भेटिएका छन्।विभिन्न स्थानबाट संकलन गरिएको २८८ वटा स्वाबको नमूना नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा १८ देखि ९० वर्ष उमेर समूहका १०७ पुरुष र ४९ महिला सङ्क्रमित भेटिएका हुन्।सङ्क्रमितमध्ये सबैभन्दा बढी पर्साका ११४, बाराका ३२, रौतहट चार र सप्तरी तथा महोत्तरीका एक–एकजना रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिए।