गगन थापाद्वारा स्वास्थ्य संकटकाल घोषणा गरी जनजीवन जोगाउन प्रधानमन्त्रीको ध्यानाकर्षण (भिडियोसहित)

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले कोरोना संक्रमण रोकथाम गरी जनजीवन जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्।सोमबार भिडिओ सन्देश जारी गर्दै सांसदसमेत रहेका थापाले तीव्र रूपमा कोरोना बढिरहेकोले यसको रोकथाम, न्यूनिकरण तथा व्यवस्थापनमा जुट्न प्रधामन्त्रीको ध्यानाकर्षण गराएका हुन्।कोरोनाको बढ्दो संक्रमणले भयावह स्थितिको संकेत गरेको उल्लेख गर्दै थापाले सन्देशमा भनेका छन्,‘तीव्र रूपमा बढिरहेको कोरोना संक्रमणले भयावह अवस्थाको संकेत गरेको छ