निषेधाज्ञाका बेला गुठी संस्थानको जग्गामा छाप्रो बनाई अतिक्रमण गर्नेलाई प्रहरी परिचालन गरेर बिहीबार खाली गराइएको छ । जनकपुरको कुवा मठ (कुटेश्वर महादेवको मन्दिर) को गुठीको जग्गा अतिक्रमण गरेर केही वर्षअघि घर बनाइएको थियो । निषेधाज्ञाका बेला अतिक्रमण झन् बढेको थियो ।