निर्वाचन आयोगले खारेज गर्‍यो ४१ वटा दलको दर्ता

काठमाडौँ- निर्वाचन आयोगले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको छ। आयोगको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो। अब ९५ वटा दलको मात्र दर्ता कायम रहनेछ। आयोगले खारेज गरिदिएका प्रत्येक राजनीतिक दललाई ५० हजार जरिवाना तोकेको छ। साथै जरिवाना नतिरेसम्म खारेज भएका दलका केन्द्रीय पदाधिकारीले अरु सदस्यहरु […]

सम्बन्धित सामग्री

अर्थमन्त्रीको स्पष्टीकरण : जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन

काठमाडौं : अर्थमन्त्री डा. प्रकाश शरण महतले जिल्ला निर्वाचन कार्यालयलाई खारेज गर्ने कुनै तयारी नभएको स्पष्टीकरण दिएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका हुन्। ‘यसमा कही कतै पनि शंका उब्जिने ठाउँ नदिन सरकारको सम्पूर्ण कोशिश हुन्छ। जिल्ला निर्वाचन आयोग खारेज गर्ने मनसाय छैन। जिल्ला निर्वाचन कार्यालयहरू जसरी रहेका छन् त्यसरी नै रहनेछन्। त्यसको स्वतन्त्र अस्तित्वका लागि सरकारले के गर्नुपर्यो ? सरकार तयार छ। यो खारेज हुँ

निर्वाचन आयोगले राजनीतिक दलहरूसँग आज छलफल गर्दै

काठमाडौँ- आज निर्वाचन आयोग र राजनीतिक दलबीच छलफल हुँदैछ ।  अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तब्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरेपछिको अवस्थाका बारेमा जानकारी गराउन निर्वाचन आयोगले राजनीतिक दलका नेताहरूलाई छलफलमा बोलाएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार शुक्...

तोसिमाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोग सर्वोच्चमा

यसअघि सर्वोच्च अदालतले गरेको व्याख्या र कतिपय परिस्थितिमा व्यक्त दृष्टिकोणसँग मंगलबार जारी भएको आदेश बाझिएकाले खारेज हुनुपर्ने निर्वाचन आयोगको माग छ ।

तोसिमाको उम्मेदवारी कायम राख्ने आदेशविरुद्ध निर्वाचन आयोग सर्वोच्च जाने

१६ कार्तिक, काठमाडौं । ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोग सर्वोच्च अदालत जाने भएको छ । लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले तोसिमाको उम्मेदवारी खारेज गरिदिएको थियो । तर मंगलबार सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडालको इजलासले तोसिमाको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश दिएपछि उनको उम्मेदवारी […]

विराटनगरमा एमालेबाट उपप्रमुख उठेकी शिल्पाको किर्ते राजीनामा !

विराटनगर : विराटनगर महानगरपालिकाको उपप्रमु्ख पदमा नेकपा एमालेबाट उम्मेदवार बनेकी शिल्पा निरौला कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै सर्वोच्चमा अदालतमा रिट दर्ता भएको छ।उम्मेदवार कार्कीले बुझाएको किर्ते राजीनामाको कागजातको आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी सदर गराएको भन्दै उम्मेदवारी बदर गराउन रिट दर्ता भएको हो।यस्तै, निर्वाचन आयोगले आफैं आचारसंहिताको निर्देशिका उल्लंघन गरेको भन्दै आयोगविरुद्ध पनि रिट दर्ता भएको छ। मोरङको मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आयोग काठम

जनप्रतिनिधिले राजीनामा नदिई पुनः उम्मेदवारी दिनु कानुनसम्मत छैन: निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहमा बहालवाला जनप्रतिनिधिले राजीनामा नदिई पुनः उम्मेदवारी दिनु कानुनसम्मत नभएको लिखित जवाफ सर्वोच्च अदालतसमक्ष दिएको छ । पुनः उम्मेदवार बन्न जनप्रतिनिधिले तत्काल राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताको प्रावधानलाई तत्काल कार्यान्वयन नगर्न अदालतले जारी गरेको अल्पकालीन आदेश खारेज हुनुपर्ने माग राख्दै बुधबार आयोगले महान्यायाधिवक्ताको कार्यालयमार्फत सो जवाफ पठाएको हो । चैत्र ८ […]

निर्वाचन आयोगद्वारा ४१ दल खारेज, ९५ कायम

काठमाडौं । निर्वाचन आयोगले पटकपटक ताकेता गर्दासमेत वार्षिक आयव्यय विववरण नबुझाउने र कानुन पालना नगर्ने ४१ दल खारेज गरिदिएको छ । आयोगको मंगलबार बसेको बैठकले लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्रै आयोगमा नबुझाउने ती दल बुधबारबाट लागू हुनेगरी दर्ता खारेज गरेको हो । दर्ता खारेज हुनेमा अखण्ड नेपाल पार्टी, हाम्रो नेपाल पार्टी, राष्ट्रिय चुरेभावर पार्टी, […] The post निर्वाचन आयोगद्वारा ४१ दल खारेज, ९५ कायम appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

निर्वाचन आयोग भन्छ : चार कारणले माओवादी केन्द्र वैध

२७ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको दल दर्ता खारेज गर्न सत्तारुढ नेकपा एमालेमा रहेका पूर्व माओवादी नेताहरुले गरेको माग निर्वाचन आयोगले अस्वीकार गरेको छ । आयोगले भनेको छ, माओवादी केन्द्रको दल दर्ता वैधानिक छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता खारेज गर्ने सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसलापछि रामबहादुर थापा बादलसहितका माओवादी केन्द्रका […]

म्यानमारमा सूचीको पार्टीलाई खारेज गर्ने तयारीमा निर्वाचन आयोग

म्यानमारको निर्वाचन आयोगले नेतृ आङ सान सुचीको पार्टी नेश्नल लिग फर डेमोक्रेसी (एनएलडी) खारेज गर्ने तयारी गरेको छ। गत वर्ष भएको निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै सो पार्टी खारेज गर्ने बारेमा आयोगले तयारी गरिरहेको हो। सेनाद्धारा नियुक्त गरिएका आयोगका अध्यक्ष थेइन सोएले राजनीतिक दलहरुसँग राजधानीमा शुक्रबार भएको छलफलमा सुचीको पार्टी…