प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलास गठनका विषयमा देखिएको विवादलाई न्यायिक प्रक्रियाबाट नै टुंगो लगाउने बताएका छन् ।
संवैधानिक इजलास गठनको विषयमा न्यायाधीश हरिप्रसाद फूँयालको इजलासबाट गरिएको आदेशका सन्दर्भमा सोमवार बसेको बार बेन्च समन्वय समितिको बैठकमा बारका तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ताहरूले चासो राखेपछि प्रधानन्यायाधीश जबराले सच्याउने बताएका छन् ।
बैठकमा उपस्थित सर्वोच्च बारका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यका अनुसार आदेशका विषयमा देखिएको विवादलाई छिटोभन्दा छिटो टुंग्याउन प्रधानन्यायाधीश ...