४ पुस, जनकपुरधाम । मधेश भवन परिसरमा जस्तापाताले छाएको एउटा भवनमा राखिएको छ मधेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय । कर्मचारीको आवासको लागि बनाइएको त्यस भवनमा दुईमहिना अघि मन्त्रालय राखिएपछि सचिव चुडामणि फुँयाल, एक उपसचिव, एक नायब सुब्बा र सहायक कम्प्युटर अपरेटर दैनिक आउजाउ गरिरहेका छन् । मन्त्री सुरिताकुमारी साह पनि कहिलेकाहीँ भने मन्त्रालय पुग्छिन् […]