सरकारले प्रतिबन्धित लागूऔषध सूचीबाट गाँजा हटाएपछि थाइल्याण्डका जनताले अब घरमा गाँजाको बिरुवा उब्जाउन र बेचबिखन गर्न सक्नेछन् । कडा लागूऔषध कानूनका लागि परिचित थाइल्याण्ड दक्षिण-पूर्वी एसियामा यस्तो कदम अघि बढाउने पहिलो राष्ट्र हो ।स्थानीय गाँजाको व्यापारको विकासले कृषि र पर्यटनलाई बढावा दिने सरकारको आशा छ। यद्यपि मनोरञ्जनात्मक प्रयोगलाई भने गाँजा अझै पनि प्रतिबन्धित छ । यसको खेतीलाई प्रोत्साहित गर्न नागरिकहरूलाई १० लाख गाँजाको बिरुवा पनि दिइरहेको छ। ‘यो जनता र राज्यका लागि