कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका नेता शेखर कोइराला र महामन्त्री गगन थापाले संस्थापनइतर समूहलाई गोलबन्द पारेर राष्ट्रिय मुद्दामा पार्टीभित्र ध्रुवीकरण बढाउन खोजेका छन् । यसबीचमा नेता कोइराला र महामन्त्री थापाबीच चिसिएको सम्बन्धलाई सुधार्नेदेखि कुनै गुटमा नभएका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई समेत जोड्ने काम भइरहेको केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताए ।