नेपाली कांग्रेसमा महाधिवेशन सकिएको एक वर्षमै अर्को महाधिवेशन केन्द्रित नयाँ ध्रुवीकरण सुरू भएको छ । १४ औँ महाधिवेशनमा रुपान्तरण र पुस्तान्तरणको एजेन्डा उठाएर पहिलो र दोस्रो पुस्ताका नेतालाई राम्रो धक्का दिएका तेस्रो पुस्ताका नेताहरूले यसपटक संसदीय दलको नेताको निर्वाचनमै आगामी महाधिवेशन लक्षित नयाँ ध्रुवीकरणको प्रयास गरेका छन् ।