गुल्मी । स्याङ्जामा डढेलोमा जलेर एक वृद्धाको मृत्यु भएको छ । आइतबार साँझ ब्रतबन्धको निम्तो मान्न हिँडेकी वृद्धाको जंगलमा लागेको डढेलोमा जलेर मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी राजेन्द्रप्रसाद अधिकारीका अनुसार आँधिखोला गाउँपालिका–१ निवासी ७२ वर्षीय टिकाकुमारी तिवारीको पाखाखोला जङ्गलमा लागेको डढेलोमा जलेर मृत्यु भएको हो ।