२१ भदौ, काठमाडौं । संवैधानिक निकायमा अध्यादेशमार्फत भएको नियुक्तिविरुद्ध परेको रिटमाथि सुनुवाइ रोकिएपछि रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित सर्वोच्च अदालतका सबै न्यायाधीशलाई निवेदन दिएका छन् । महिनौंपछि सुरु भएको सुनुवाइ पनि भदौ १७ गते न्यायाधीश हरि फुयालको इजलासको आदेशबाट रोकिएपछि अर्यालले सोमबार सबै न्यायाधीशलाई निवेदनमार्फत ध्यानाकर्षण गराएका हुन् । तत्कालिन प्रधानमन्त्री केपी […]