नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टीबाट निर्वाचित सबै जनप्रतिनिधिले आफ्नो सम्पति विवरण सार्वजनिक गर्न निर्देशन दिएका छन्। पार्टीबाट निर्वाचित प्रमुख र उपप्रमुखको अभिमुखीकरण कार्यक्रममा बोल्दै श्रेष्ठले पार्टीका सबै जनप्रतिनिधिले सम्पति विवरण सार्वजनिक गरेर पारदर्शिता देखाउनुपर्ने बताए ।‘स्थानीय तहका सबै जनप्रतिनिधिहरुले सरकारी नियम र कानुनमा छ कि छैन थाहा छैन तर सबै जनप्रतिनिधिले सम्पति विवरण सार्वजनिक गर्नुपर्छ’ श्रेष्ठले भने, ‘कानुनले २ महिना भनेको