खाली दरबन्दी लुकाउन नमान्दा एक महिनामै दुई पटक सरुवा
माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी अवस्थामा नै उनको सरुवा भएकोले परीक्षाको व्यवस्थापनमा समस्या देखिएको छ। तर उनलाई कार्यालयबाट काज सरुवा गरेपनि एसइई परीक्षा सफल बनाउन उनी जुम्लामै खटिएका छन्।
१४ फागुन, जनकपुरधाम । सर्लाहीको बरहथवा नगरपालिका–८ स्थित आधारभूत विद्यालय आनन्दनगर टाँडीबाट सरुवा भएका प्रधानाध्यापक हरिशरण रायले हरहिसाब बुझाउन आलटाल गरेका छन् । गत भदौमा बरहथवा नगर कार्यपालिकाको बैठकले दरबन्दी मिलान गर्ने निर्णय गरेअनुसार राय बरहथवा नगरपालिका–१८ स्थित आधारभूत विद्यालय, श्रीपुरमा सरुवा भएका थिए । हाल आधारभूत विद्यालय श्रीपुरको प्रधानाध्यापक रहेका रायले आधारभूत विद्यालय आनन्दनगरको […]
धादिङ। मौजुदा शिक्षा ऐन विपरीत सिद्धलेक गाउँपालिकामा शिक्षकको सरुवा गरेपछि शिक्षा क्षेत्र अस्तव्यस्त भएको आरोप लागेको छ । एउटा पनि दरबन्दी नभएको विद्यालयबाट दरबन्दी शून्य हुनेगरि शिक्षक सरुवा नगर्न विद्यालय व्यवस्थापन समिति र विद्यालयले गाउँपालिकालाई लिखित आग्रह गरे पनि कानुन विपरीत शिक्षकको सरुवा गरिएपछि सिद्धलेक गाउँपालिकामा शैक्षिक सत्रको बिचमा विद्यालयको पढाइ समेत प्रभावित भएको सुन्दरी […]
काठमाडौं : सशस्त्र प्रहरी बल नेपालले ८ हजार ४ सय ८८ जना जवानको सरुवा गरेको छ।सरुवा प्रयोजनका लागि केही समयअघि मात्र देशभरका जवानलाई उनीहरूको प्राथमिकताअनुसार तीनवटा युनिटको नाममा लेखाएर फारम नै भराइएको थियो। सोहीअनुसार सम्भव भएसम्म माग गरेबमोजिमको कार्यालयमा र सम्भव नभए नजिकको अर्को युनिटमा सरुवा गरिएको सशस्त्र मुख्यालयले जनाएको छ।यस्तै, सीमावर्ती इलाकाका युनिटमा लामो समय दरबन्दी भएका जवानलाई सीमा इलाकाबाहेक अन्यत्र सरुवा गरिएको छ। सरुवाका लागि मुख्यालयस्थित उजुरी तथा गुनासो सुनुव
प्रहरी प्रधान कार्यालयले प्रहरी हवल्दारहरूको सरुवा गरेको छ । वैशाख महिनाको तलव, भत्ता सरुवा भएको दरबन्दीबाट पाउनेगरी १ हजार २२८ जना हवल्दारको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बरिष्ठ हवल्दारमा बढुवा भएपछि खाली भएको दरबन्दीमा सरुवा गरेर दरबन्दी मिलान गरिएको बताइएको छ ।को-कहाँ पुगे ? तलको सूची हेर्नुहोस् :
जनकपुरधाम उपमहानगरपालिकाले गरेको शिक्षक मिलान तथा दरबन्दी नियमसंगत नरहेको भन्दै उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गर्दै गरेको छ । जनकपुरधाम उपमहानगरले बनाएको शिक्षा ऐनको कार्यविधि र नियमावली नबनाएको र दरबन्दी मिलानको नाममा शिक्षकहरूको सरुवा गरेकाले अदालतले अन्तरिम आदेश जारी गर्दै कार्यान्वयन नगर्न भनेको हो । उच्च अदालत जनकपुरका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासमा भएको सुनवाइमा जनकपुरधाम उपमहानगरले दरबन्दी मिलानको नाममा गरेको शिक्षक सरुवाको अधिकार नरहेको भन्दै अदालतबाट छिनोफानो न
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ५ जना सचिवहरूलाई बेकामे बनाइएको छ ।
दरबन्दीभन्दा बढी संख्यामा सचिवहरूको सरुवा भएपछि जगेडामा थन्क्याइएका सचिवहरू बेकामे भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यसचिवबाहेक ६ जना सचिवहरूको मात्र दरबन्दी छ तर अहिले थप ४ जना सचिव समेतलाई सरुवा गरेर ल्याई जगेडामा राखिएको छ । उपयुक्त जिम्मेवारी नपाए पछि सरुवा भएर पुगेका ती सचिवहरू घाम तापेर दिन बिताउने र तलब पकाउने काममा सीमित भएका छन् ।
कार्यालयमा अहिले मुख्यसचिव शंकरदास बैरागी, सचिवहरू शिशिरकुमार ढु...
काठमाडौँ । सरकारले सचिवको दरबन्दी थपसहित केही सचिव(विशिष्ट श्रेणी)को सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बुधवार बसेको मन्त्रिपरिषद् बैठकले दुई(प्राविधिक/प्रशासन) पद थपसहित ६ जना सचिवहरूको सरुवा गरेको हो । विशिष्ट श्रोतबाट प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त जानकारी अनुसार बागमती प्रदेश प्रमुख सचिव किरण राज शर्माको रक्षा मन्त्रालयमा सरुवा भएको छ । प्रदेश नं. […]
काठमाडौं : शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षकको जिल्लान्तर सरुवा फुकुवा गरेको छ।जिल्लान्तर सरुवा गर्दा शिक्षकको खुला विज्ञापन र बढुवालाई असर नपर्ने गरी केन्द्रले सरुवा फुकुवा गरेको हो।खुला विज्ञापन र बढुवालाई असर नपर्ने गरी शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिइएको केन्द्रका निर्देशक तथा सूचना अधिकारी सुरेशकुमार जोशीले जानकारी दिए।जोशीले पारस्परिकबाहेक अन्य सरुवाको सन्दर्भमा केन्द्रबाट खुद पुल दरबन्दी कायम भएको स्थानीय तहमा खुद पुल दरबन्दी कायम रहेसम्म जिल्लान्तर सरुवा गर्न नपाइने
पर्वत : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०७६ सालमा शिक्षकहरूको दरबन्दी मिलान गर्नका लागि जिल्लागत रूपमा रहेका दरबन्दीको विवरण सार्वजनिक गर्यो। प्राथमिक तहमा कार्यरत शिक्षक र अध्ययनरत विद्यार्थीको संख्याको आधारमा जिल्लामा थप्नुपर्ने र सरुवा गर्नुपर्ने विवरण केन्द्रले नै दियो।सोही अनुसार पर्वतमा पनि दुई सय २३ जना शिक्षकहरूको दरबन्दी मिलान गर्नुपर्ने भनी तोकिएको थियो। तर दुई वर्षको यो अवधिमा ६८ जना शिक्षकहरूको मात्रै व्यवस्थापन भएको छ। शिक्षा विकास तथा समन्वय इकाई पर्वतका कार्यालय
२१ पुस, काठमाडौं । सरकारले शिक्षकहरुलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन रोक लगाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का गरेको हो । केन्द्रका निर्देशक बसन्तप्रसाद कोइरालाका अनुसार हाल शिक्षकहरुको दरबन्दी मिलानको काम भइरहेकाले जिल्लान्तर सरुवा रोक्का गरिएको हो । कोइरालालेसबै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई सोमबार […]