निर्वाचन आयोगले केन्द्रीय सदस्यको सनाखतका लागि नागरिकता वा मतदाता परिचयपत्रसहित उपस्थित हुन नवगठित नेकपा एकीकृत समाजवादी पार्टीलाई आग्रह गरेको छ ।
बुधवार बिहान साढे ११ बजेदेखि २ बजेभित्र परिचपत्रसहित उपस्थित हुन निर्देशन दिइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
‘सांसदहरूका लागि संसद् सचिवालयले जारी गरेको परिचयपत्र र केन्द्रीय सदस्यका लागि नागरिकता वा मतदाता परिचयपत्रसहित उपस्थित हुन भनेका छौँ,’ श्रेष्ठले लोकान्तरसँग भने ।
महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी ...