रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ स्थित प्रतिमान–निमा स्मृति प्रतिष्ठानले लुम्बिनी प्रदेशका १२ जिल्लाका ११ वटा जिल्ला अस्पताल र २ वटा प्रादेशिक गरी १३ वटा अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ । प्रतिष्ठानका निर्देशक धर्म बहादुर के.सी.ले कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरको महामारी समुदायस्तरमा फैलिरहेको कारणले उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै राज्यलाई सहयोग पुर्याउने उद्देश्यले स्वास्थ्य सामग्री वितरण गर्न लागिएको बताए ।