मानिसको जीवन पूर्ण सम्भावनाहरूको खोजी हो । जीवनमा अवरोध, असजिलो स्थिति, प्रतिकूलता निरन्तर आइरहन्छ । अवरोध भित्रको समाधान, असजिलाभित्र छुपेका सहजता, प्रतिकूलताबाट अनुकूलता खोज्न हामीले जीवन पाएका छौँ । परमात्माले त्यसको निमित्त हामीलाई ज्ञान, बुद्धि, विवेक, हृदय, चेतना सबै आवश्यक तत्वहरू दिएर पठाएको छ । सुनलाई नपोलेसम्म त्यसको वास्तविक स्वरुप प्रकट हुँदैन । वादल लाग्छ, पानी पर्छ, त्यसपछि खुलेको आकाश, सूर्यको प्रकाशले पनि हामीलाई सोही अनुरुपको ज्ञान प्रदान गरिरहेका छन् । खहरे खोलामा प्रवाहित जल न