प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणमा रहेका छन् । प्रधानमन्त्री देउवा शुक्रबार भारतको राजधानी नयाँ दिल्ली पुगेका हुन् ।भ्रमणको दोस्रो दिन आज प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीलाई भेट्ने कार्यतालिका रहेको छ । त्यसअघि बिहान १०ः२५ बजे राजघाट जाने र १०ः४० बजे महात्मा गान्धीको समाधि स्थलमा फूलामाला अर्पण गर्ने तथा एक मिनेट मौनधारण गर्ने कार्यतालिका तय गरिएको छ ।त्यसपछि १०ः५५ बजे देउवासहितको टोली हैदराबाद हाउसका लागि प्रस्थान गर्नेछन् । ११ः१० मा हैदराबाद हाउस पुगे