विराटनगर : मोरङको लेटाङ नगरपालिकामा एक शिक्षकले छात्रा माथि दुर्व्यवहार गरेको भन्ने विषयमा विवाद बढ्दै गएपछि प्रहरी र स्थानीयबीच झडप हुँदा एक महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको छ। झडपमा मोरङका प्रहरी उपरीक्षकसमेत घाइते भएका छन्।लेटाङ नगरपालिका-५ स्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले सोही विद्यालयमा अध्ययनरत १२ वर्षीया छात्रा माथि दुर्व्यवहार गरेको आरोपमा शुरु भएको विवादले आइतबार चर्को रुप लियो। शिक्षकले आफूमाथि फागुका दिन दुर्व्यवहार गरेको भन्दै छात्