एनबी बैंकका सीईओको तलब भत्ता मासिक ११ लाख ७५ हजार

२२ कात्तिक, काठमाडौं । नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले तलब भत्ता वापत मासिक ११ लाख ७५ हजार रुपैयाँ बुझेका छन् । गत आर्थिक वर्ष २०७७/७८ मा सीईओ ढुंगानाले बैंकबाट मासिक ११ लाख ७५ हजार रुपैयाँका दरले तलब भत्ता बुझेका हुन् । बैंकले दिएको जानकारी अनुसार उनले एक वर्षमा १ करोड ४१ […]

सम्बन्धित सामग्री

वडाध्यक्षको तलबभत्ता सामाजिक काममा

आफ्नो पूरै कार्यकालको तलब भत्ता सामाजिक काममा लगाउने उद्देश्यले सुनकोशी गाउँपालिका–६ का वडाध्यक्ष चव्रmबहादुर बस्नेतले अक्षयकोष स्थापना गर्नुभएको छ । मासिक १८ हजार र बैठक भत्ता दुई हजार पाँच सय गरी २० हजार पाँच सय रुपियाँ वडाध्यक्षले सरकारबाट पाउने गर्छन् । पाँच वर्षमा प्राप्त हुने सबै तलबभत्ताको रकम जम्मा गर्न अक्षयकोष स्थापना गरी त्यसबाट प्राप्त हुने ब्याजले वडामा सामाजिक काम गर्न सुरु गरिएको बस्नेतले जानकारी दिनुभयो ।

विद्यालय कर्मचारीको माग पूरा गर्न राज्यलाई वार्षिक ९ अर्ब ५७ करोड व्ययभार थपिने

अहिले देशभर ४१ हजारभन्दा बढी विद्यालय कर्मचारी छन् । बिना दरबन्दी काम गर्दै आएका उनीहरुले दरबन्दी कायम गर्न माग गरिरहेका छन् । हाल संघीय सरकारले पठाएको अनुदानको भरमा उनीहरु तलब भत्ता पाउँछन् भने सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमा सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्दासमेत दरबन्दी बिना कार्यरत उनीहरु तलब वृद्धिबाट वञ्चित भए ।विद्यालय सहयोगीले अहिले मासिक ८ हजार र लेखापालले १३ हजार ५०० रूपैयाँ पारिश्रमिक पाउँछन् । श्रम ऐन २०७४ ले श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार तोके पनि सामु

कर्मचारीको न्यूनतम तलब ३० हजार पुर्‍याउन नेकपा एस निकट कर्मचारी संगठनको माग

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठन नेपालले आगामी बजेटमा आधारभूत तहका कर्मचारीको तलब न्यूनतम मासिक ३० हजार पुर्‍याउन माग गरेको छ । संगठनका अध्यक्ष मोहन कुमार घिमिरे नेतृत्वको टोलीले सोमवार अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र बुझाउँदै निश्चित समयको अन्तरालमा स्वचालित रूपमा कर्मचारीको तलब भत्ता वृद्धिको व्यवस्था गर्न माग गरेको हो । […]

३३४ सांसदलाई एकएक वटा ल्यापटप, एउटाको एक लाख मूल्य

काठमाडौं : तलब, भत्ता र अन्य सुविधा गरी एक सांसदको मासिक कमाइ कम्तीमा ८० हजार पुग्छ। प्रतिनिधिसभाका सभामुख/उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष/उपाध्यक्ष, विभिन्न संसदीय समिति सभापति र मन्त्री पदमा आसीनको कमाइ झन् बढी हुन्छ। मासिक ८० हजारभन्दा बढी कमाउने जनप्रतिनिधिले एउटा ल्यापटप आफैँ किन्न नसक्ने भन्ने प्रश्न नै रहँदैन। जब कि बजारम...

बुद्धिचाल खेलाडी रुपेश र सुजनालाई मासिक तलब

नेपाल बुद्धिचालम हासंघले बुद्धिचालमा च्याम्पियनद्वय रुपेश जैसवाल र सुजना लोहनीलाई मासिक १० हजार रुपियाँ तलब भत्ता उपलब्ध गराउने भएको छ ।

प्रदेश प्रमुखको तलब, भत्ता एक लाखभन्दा बढी

व्यवस्थापिका संसदले प्रदेश प्रमुखको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी विधेयक पारित गरेको छ । प्रदेश प्रमुखको सेवा सुविधासम्बन्धी कानुन पारित भएसँगै सरकारलाई प्रदेश प्रमुख नियुक्त गर्ने बाटो पनि खुलेको छ । संसदबाट पारित विधेयक अनुसार प्रदेश प्रमुखको मासिक पारिश्रमिक ६४ हजार रुपियाँ हुनेछ । यस्तै, पोशाक सुविधा वार्षिक १८ हजार रुपियाँ तथा अतिथि सत्कार खर्च ४०…

सचिवहरूको तलब मन्त्रीभन्दा धेरै

संसद सचिवालयको एक समूहले संसदको महासचिव र सचिवहरुको मासिक तलब, भत्ता र विविध शीर्षकका नाममा सुविधा नेपाल सरकारका मन्त्रीको भन्दा झन्डै दोब्बर हुने गरी वृद्धि गर्न कानुनको मस्यौदा तयार गरेको छ । अन्नपूर्णलाई प्राप्त मस्यौदाअनुसार संसदको महासचिवले मासिक न्यूनतम एक लाख एक लाख १७ हजार रुपैयाँ र सचिवले तलबभत्ता मात्र मासिक ९० हजार रुपैयाँभन्दा बढी…